काठमाडौं । काठमाडौंको सुन्धारास्थित निर्माणाधिन धरहरा नजिकै एउटा भवन भत्काउने क्रममा एक्साभेटर पुरिएको छ । सो क्रममा एक्साभेटर चालक घाइते भएका छन् ।
Advertisement
घाइते हुने चालक २४ वर्षीय विष्णुकुमार शाह हुन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
भवन भत्काउने क्रममा एक्साभेटरलाई नै किचेपछि चालक घाइते भएको प्रहरीले भनाएको छ ।