काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
Advertisement
उहाँका अनुसार मृत्यु हुनेमा महोत्तरीकी एक ४ वर्षीया बालिका तथा महोत्तरीका ३७, सिरहाका ६५, पर्साका ५३, ८० र ६० बाराको ६०, चितवनको ५३, काठमाडौँका ७०, ३५ मकवानपुरका ५८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।