• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

किसानलाई रासायनिक कृषिमल अभाव कायमै


  •   मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । देशैभरिका किसानका लागि रासायनिक मलको अभाव यथावत नै छ । मलको अभावले गर्दा किसानले यतिखेर ७५० मा पाइने मललाई २५ सयसम्म हाल्न किसान बाध्य भएका छन् । भारततिर ३५० भारुमा पाइने मल नेपालतर्फ २,५०० रुपियाँसम्म परेको छ ।

    Advertisement

    शारदा अधिकारीको शैलुङ र हुमनाथ कोइरालाको होनिकोले सर्वाधिक सस्तो कबोल गरेर ठेक्का हत्याए पनि खेतीको सिजनमा ५० हजार टन मल नल्याउँदा मलको चरम अभाव खड्किएको हो ।

    सरकारले ५० हजार टन युरिया ल्याउन कृषि सामग्री कम्पनीमार्फत गत पुस र माघमा टेन्डर आह्वान गरेको थियो । २५ हजार टन युरियाका लागि २८ पुसमा र थप २५ हजार टनका लागि ४ माघमा टेन्डर भएको थियो ।

    निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पारेको शैलुङले प्रतिटन ३२०.२५ डलरमा रासायनिक मल आयात गर्ने गरी टेन्डर हात पारेको थियो । अर्काे विवादास्पद बिकोई कन्स्ट्रक्सनका सञ्चालक हुमनाथ कोइरालाले होनिको कम्पनीका तर्फबाट ३०९.९० डलर प्रतिटनमा मल ल्याउने गरी ठेक्का पाएका थिए ।

    पुसमा टेन्डर खोलेर फागुनमा छनोट भएको कम्पनी शैलुङसँग १२ वैशाखमा मात्र सम्झौता भएको थियो । त्यस्तै होनिकोसँग वैशाख १५ गते सम्झौता भएको थियो । शैलुङले रसिया वा ओमानबाट र होनिकोले चीनबाट ल्याउनेसम्म भनेका थिए । तर कुन कम्पनीबाट भन्ने निधो गरेका थिएनन् ।

    उता, मल ल्याउन कृषि सामग्रीसँगै जिम्मा पाएको साल्ट टे«डिङले भने आफ्नो कोटाको २२ हजार पाँच सय टन युरिया टेन्डर गरेर गत जेष्ठ पहिलो साता नै भारत ल्याइसकेको थियो । लकडाउन र भारतसँग बढ्दै गएको कटुताका कारण रासायनिक मल लामो समय उतै रोकिए पनि भदौ ८ गतेबाट नेपाल भित्रिन थालेको छ ।

    साल्ट टे«डिङले चालु आवको बजेटबाट १० हजार टन युरियासमेत टेन्डरबाट किनेर ल्याउन सुरु गरेको छ । साल्ट ट्रेडिङले मलको चरम अभाव हुन थालेपछि छोटो प्रक्रियाबाट टेन्डर गरेर थप १० हजार टन किनिसेकेको र भदौसम्म कुल ३२ हजार पाँच सय टन युरिया भित्राएर वितरण गरिसक्ने दावी गरेको छ ।

    यता, धानको मुख्य सिजनमा रासायनिक मलको तीव्र अभावबिच सरकारले बङ्गलादेशबाट मल ल्याउने पहल थालेको बताएको छ । कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार टन युरिया मल सापटीमा ल्याउने दावी गरेको छ ।

    किसानले लामो समयदेखि रासायनिक कृषिमल माग गर्दै आवाज उठाइरहेका छन् । त्यस क्रममा केही समयअघि दाङका किसानले हलोजुवा बोकेर ¥याली गरेका थिए । सिन्धुलीमाढीका किसानले जनप्रतिनिधिलाई बाटोमा रोकेर युरिया मल आपूर्तिका लागि दबाब दिएका थिए । गत जेष्ठमा रोपाइँका बेला मल नपाएपछि हेटौँडाका किसानले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए । बाँकेका अधिकांश किसान पनि भारतबाट अवैध रूपमा युरिया मल ल्याएर धानमा हाल्न बाध्य छन् । सुुदूरपश्चिमी जिल्लामा पनि मल छैन । स्वयम् बागमतीको चितवनमा समेत मलको अभाव रहेको हाम्रा संवाददाता सुमन आचार्यले जानकारी दिनुभएको छ ।

    धानखेतीका लागि प्रत्येक वर्ष जेष्ठको दोस्रो साताबाट मल आपूर्ति सुरु भइसक्नुपर्छ । सुदूरपश्चिम क्षेत्रमा जेष्ठ दोस्रो सातादेखि रोपाइँ सुरु हुन्छ । रोपाइँ सुरु गर्नुअघि माटोलाई हिलो बनाएर किसानले डिएपी र युरिया मिसाई छर्ने गर्छन् । धानका लागि भदौमै ४० हजार मेट्रिक टन मल आवश्यक पर्ने अनुमान छ ।

    मङ्गलबार, भदौ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.