काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको शाक्यको सचिवालयले जनाएको छ ।
Advertisement
मेयर शाक्यको सचिवालयका अनुसार उहाँकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । पत्नीलाई भने संक्रमण देखिएको छैन ।
कोरोना पोजेटिभ देखिएसँगै अहिले मेयर शाक्य होम आइसोलेसनमा रहेको जनाइएको छ ।