काठमाडौँ । पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा न. १० गेझा निवासी मुटुरोगका बिरामी सुनिता विक (वर्ष ३०) लाई उपचार सहयोगस्वरूप रु १२,५०० (बाह्र हजार पाँच सय) हस्तान्तरण गरिएको छ ।
अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा र राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य घनश्याम न्यौपानेले भाद्र १० गते बिमारी सुनिता विककी आमालाई भेटेर सो रकम हस्तान्तरण गरिएको थियो ।
नेकपा (मसाल) केन्द्रीय कार्यालय, पाल्पा जिल्ला क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डे ,पाल्पा क्षेत्र नंं १ का सांसद दलबहादुर राना, अखिल (छैटौं) का केन्द्रीय अध्यक्ष विमल पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने ,राष्ट्रिय जनमोर्चाकै केन्द्रीय सदस्य लालबहादुर थापा र गोविन्दसिंह थापाले सो रकम सङ्कलनमा योगदान पुर्याउनुभएको थियो ।
जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा र अखिल नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय कोषाध्यक्ष मनु विकको पहलकदमीमा सो रकम सङ्कलन गरिएको हो ।
उपचारको कार्य जारी नै रहेको र बिमारी बिपन्न परिवारको भएको हुँदा उक्त बिरामीलाई उपचारमा मद्दत गर्न सङ्घसङ्स्था र सहयोग गर्न इच्छुक महानुभावहरूलाई मनु विकले आग्रह गर्नुभएको छ ।

