• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोभिड–१९ रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले संक्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ । जथाभाबी हिँडडुल गर्नेदेखि अनावश्यकरुपमा सवारी साधन चलाउने देशभर नै भेटिएका छन् ।

    Advertisement

    कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसविरुद्ध थप कडाइ गरिएको उहाँले बताउनुभयो । ‘निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावश्यकका नाममा अनावश्यक घुमफिर भएकोसमेत पाइयो, त्यस्ता गतिविधि रोक्न छड्के जाँच शुरु गरिएको छ’, महाशाखा प्रमुख ढकालले बताउनुभयो।

    निषेधाज्ञाको उल्लङ्घन हुन थालेपछि तीन दिनदेखि उपत्यकाका १२० स्थानमा हुने छड्के जाँचका लागि १२० प्रहरी परिचालन गरिएको छ । उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरुको गतिविधिसमेत निगरानी गर्नेछ । त्यस्ता गतिविधि गर्ने दुई हजार १४ जना कारवाहीमा परेका छन् । मुख्यगरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यकरुपमा गाडी चलाउने पाइएको छ । नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्नेसमेत फेला परेको छ । काम नभइकन बैंकको कार्ड भिरेर अन्तै घुम्न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ ।

    प्रवउ ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई समेत सँगै अघि बढाइएको जानकारी दिनुभयो । ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूूरी कायम गर्न अनुरोध गर्दै विभिन्न चोकमा प्रचारात्मक साइन बोर्ड राख्न थालिएको छ ।

    महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक साताको निषेधाज्ञाका समयमा सात हजार १६३ सवारी साधनलाई ‘होल्ड’ मा राखेर कारवाही गरिएको छ । त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यकरुपमा हिँड्ने एक हजार १०२ जनालाई कारवाही गरिएको छ । आजै ३०६ जनालाई नियन्त्रणमा लिइसकिएको छ । निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्तरुपमा अस्थायी सुरक्षाचौकी स्थापना गरी निगरानी गरिएको छ ।

    यस्ता गतिविधिले कोभिड–१९ सार्न सहयोग पुग्ने भएकाले संयम हुन र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन प्रहरीले सबैमा अनुरोध गरेको छ । उपत्यकाका तीन जिल्लामा यही भदौ १७ गतेसम्मका लागि निषेधको आदेश जारी गरिएको छ । निषेधाज्ञाका समयमा अत्यावश्यकबाहेक गतिविधि पूर्ण रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेशको पूर्ण पालना गरी रोगको सङ्क्रमण रोक्ने सरकारी अभियानमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

    पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ । उपत्यकामा समेत सङ्क्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा दैनिक २०० देखि ३०० को हाराहारीमा नयाँ सङ्क्रमित देखिँदै आएको छ । सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा सङ्क्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ । एक महिनाका अवधिमा नजानिँदोरुपमा सङ्क्रमण र मृत्युदर बढिरहेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मास्क अनिवार्य लगाउने, सामाजिक दूूरी कायम गर्ने, भीडभाडमा नजाने र राम्ररी साबुनपानीले हात धुने गर्दा कोभिड–१९ बाट बच्न सकिने बताउनुभयो । आफूूबाहेक अरु सबै सङ्क्रमित छन् भन्ने सोचेर सावधानी अपनाउने हो भने सङ्क्रमण फैलनबाट रोक्न सकिने उहाँको भनाइ थियो ।(रासस)

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.