• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सहिद शोभाखर धनञ्जयको नासोलाई ‘युगदर्शन’ मार्फत अघि बढाएका छौंः मसाल


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सहिद शोभाखर धनञ्जय (सरोज शर्मा) प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । २०४३ साल भदौ ११ गते भारतको नयाँ दिल्ली स्थित बेलारोडमा पार्टीको कार्यक्रमबाट फर्कँदै गर्दा उहाँको हत्या भएको थियो ।

    Advertisement

    सहिद धनञ्जयको ३४ औं स्मृति दिवसमा एक वक्तव्य प्रकाशित गरी मसाल प्रवक्ता पुरीले शोभाखरले आफ्नो जीवनभरि देश, जनता, पार्टी र सही विचारको पक्षमा जुझारु संघर्ष गरेर क्रान्तिकारी विरासतको गौरवतालाई उच्च बनाउनु भएको स्मरण गर्नुभएको छ ।

    नेकपा (मसाल) ले सहिद शोभाखर धनञ्जयले पार्टीलाई सुम्पनुभएको सम्पत्ति ‘हाँक साप्ताहिक’ कानुनी रुपमा पार्टीले आफ्नो नाममा कायम गर्न नसकेपनि उहाँको त्यो सम्पत्तिले बोकेको मूल्यलाई ‘युगदर्शन साप्ताहिक’ मार्फत अगाडि बढाउँदै आएको स्पष्ट पारेको छ ।

    यस्तो छ वक्तव्यः
    का. शोभाकर धनञ्जय सही विचारप्रति अविचलित र प्रतिवद्ध हाम्रो पार्टीको होनाहर कामरेड हुनुहुन्थ्यो । कामरेड शोभाखरले आफ्नो जीवनभरि देश, जनता, पार्टी र सही विचारको पक्षमा जुझारु संघर्ष गरेर क्रान्तिकारी विरासतको गौरवतालाई उच्च बनाउनु भएको कुनै लुकेको कुरा होइन । उहाँले क्रान्तिकारी विचार र व्यवहारको कार्यशैलीद्वारा आफ्नो जीवनको सार्थकतालाई पुष्टि गर्नुभएको थियो र पार्टीको क्रान्तिकारी दायित्व निर्वाह गर्ने क्रममा सहिद बन्न पुग्नुभएको थियो । त्यसरी देश, जनता, पार्टी र सही विचारको पक्षमा संघर्ष गर्दागर्दै सहिद बन्न पुग्नुभएका हाम्रो पार्टीका होनाहर कामरेडको आजको स्मृति दिनमा हामीले उहाँलाई हार्दिक श्रद्धाञ्जलीका साथै अभिवादन व्यक्त गर्दछौँ ।

    का. शोभाखर धनञ्जयले पार्टीको विचारधारात्मक शक्तिलाई समृद्ध गर्नका लागि तात्कालिन समयमा हाँक पत्रिकाको सम्पादन शुरु गर्नुभएको थियो । निरङ्कुश पञ्चायती व्यवस्थाको जर्जर परिस्थितिमा उहाँले पार्टीको निर्देशन र निर्णय अनुसार त्यो महान् र साहसिक कार्यका लागि कदम उठाउनुभएको थियो । उहाँको जिम्मेवारीपूर्ण र साहसिक कार्यका कारणले पञ्चायतकालीन अध्याँरा रातहरुमा त्यो पत्रिका मार्फत हाम्रो पार्टीको विचार दियो बनेर जनताका सामू व्यक्त हुन सफल भएको थियो ।

    त्यसरी का. शोभाखर हाम्रो पार्टीको महान उद्देश्यको गौरवतालाई उठाउनका लागि कति प्रतिवद्ध भएर खटिनुभएको थियो भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ । हाम्रो पार्टीको विचारलाई अटुट रुपमा प्रवाह गर्दै हाँक साप्ताहिकले क्रान्तिकारी विचारको पैरवी गर्ने एउटा छुट्टै पहिचान स्थापना गर्न सफलता पनि हासिल गरेको थियो । उहाँले शुरुवात गर्नुभएको त्यो महान अभियानको करिब ३७ वर्षको अवधि पार भएको छ । त्यो महान अभियानको क्रममा निश्चय पनि कैयौँ प्रतिकूल परिस्थितिले हामीमाथि चुनौति समेत दिएका छन् । तर जस्तासुकै चुनौति वा वाधा भएपनि हामीले का. शोभाखरको सपनाको कहिले पनि मृत्यु हुन दिएका छैनौँ र त्यस्तो हुन दिने पनि छैनौँ ।

    का. शोभाखरले शुरुवात गर्नुभएको त्यो महान् परम्परालाई संस्थागत गर्नका लागि पार्टीले गत वर्षमा कदम उठाएको थियो । त्यसैले त्यसलाई सबैभन्दा बढी संस्थागत गर्न सकिने प्रक्रियामा लैजानका लागि हाम्रो पार्टीले एकमतका साथ निर्णय गरेको थियो र त्यसलाई व्यवहारमा समेत लागू गरेको थियो । तर कानुनी रुपमा भएका केही अड्चनहरुको फाइदा लिंदै केही तत्वहरुले हाँक पत्रिकामाथिको आफ्नो व्यक्तिगत स्वामित्वलाई त्याग्न अस्वीकार गरेका थिए । वास्तवमा उनीहरुको त्यो कार्य का. शोभाखरका सपनाको मृत्यु गराउने उद्देश्यद्वारा निहित थियो । त्यो पत्रिकाको स्वामित्व पहिले का. शोभाखरको मृत्युपछि पहिले उहाँकी पत्नी शान्ताको नाममा थियो ।

    तर उहाँले पार्टीको सम्पत्तिलाई पार्टीले नै समृद्ध वा विकास गरेर लैजानुपर्छ भनेर सामूहिकीकरणको दृष्टिकोणबाट पार्टीमा हस्तान्तरण गर्नुभएको थियो । उहाँको त्यो उच्च दृष्टिकोणको पार्टीले सर्वदा कदर गर्दै का. शोभाखरको सपनालाई जागृत बनाउने अभियानलाई अगाडि बढाउँदै आएको थियो । त्यो सिलसिलामा उहाँको त्यो ऐतिहासिक नासोलाई संस्थागत गर्नका लागि पार्टीले कदम उठाएको थियो । तर कानुनी अड्चनका कारणले उहाँको त्यो भौतिक नासोलाई पार्टीको सम्पत्तिको रुपमा स्थापित गर्न सकिएको छैन । उहाँको त्यो सम्पत्तिले बोकेको मूल्य हाम्रो पार्टीको क्रान्तिकारी सिद्धान्त, विचार, शक्ति र कार्यशैली नै थियो । त्यसैले त्यो मूल्यलाई हामीले युगदर्शन साप्ताहिक मार्फत अगाडि बढाउँदै आएका छौँ ।

    त्यसरी का. शोभाखरले शुरु गरेको त्यो परम्परा वास्तवमा विचारको परम्परा नै थियो, जसलाई युगदर्शनमा ज्वलन्त पारिएको छ । त्यसरी हामी फेरि दोहो¥याउन चाहन्छौँ, उहाँको महान् सपनाको कहिल्यै पनि मृत्यु हुने छैन । हाम्रो क्रान्तिकारी संगठन, राजनीति, विचार, शक्ति र सिद्धान्तका साथमा उहाँका सपनाहरु जीवन्त भइरहने छन् । अन्त्यमा पुनः श्रद्धासुमन व्यक्त गर्दछौँ ।

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.