काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताउनुभयो । यस्तै, कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै, बाँकेमा ३७ वर्षीय पुरुष, काठमाडौँमा ५१ वर्षीय पुरुष र बारामा ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ७५पुगेको छ ।
आज ८ सयभन्दा बढीमा सङ्क्रमण देखिएको छ । पिसिआर विधिबाट भएका १३ हजार २ सय ५३ वटा परीक्षणमा ८ सय ८५ जनामा सङ्क्रमण देखिएको हो । जसमा २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३ सय १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा मात्र २ सय ३०, ललितपुर जिल्लामा ४७ र भक्तपुर जिल्लामा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पिसिआर परीक्षण भएको छ ।
आज ३ सय ८५ जना सङ्क्रमित डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् ।
आज देशभरि सक्रिय सङ्क्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन् । यस्तै, प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज १ सय ५१ जना सङ्क्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै, भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन् ।
यस्तै, होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् भने प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन् ।
क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन । यस्तै, प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन् ।