काठमाडौं । आजसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै यो संख्या पुगेको हो ।
Advertisement
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार आज ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

