पञ्जाब (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पुराना नेता यामबहादुर गिरीको निधन भएको छ ।
Advertisement
मूल प्रवाह नवाशहर नगर समितिका संस्थापक सदस्य गिरी २४ अगस्त (सोमबार) निधन भएको मूल प्रवाहका नेता खिमराज चालिसेले जानकारी दिनुभयो ।
गिरी ६७ वर्षको हुनुहुन्थ्यो ।
मूल प्रवाह केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्काको वुवा तथा केन्द्रीय सदस्य लक्ष्मण खडकाको ससुरा बुवा गिरीको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुःख प्रकट गरेको छ ।
यस्तै, मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति र महिला केन्द्रीय विभागले पनि शोक वक्तव्य प्रकाशित गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

