सन्धिखर्क । अर्घाखाँची भूमिकास्थान नगरपालिका–१ का पुष्पराज खनाल, प्रकाश खनाल, जगेश्वर खनाल, विष्णुप्रसाद खनाल र पदमप्रसाद खनालले आफूहरू राष्ट्रिय जनमोर्चामै रहेको बताउनुभएको छ ।
सत्तारूढ नेकपाका नेताहरूले उहाँहरूलाई पुनः नेकपामा प्रवेश गरेको कपोलकल्पित भ्रम फैलाइरहेको सन्दर्भमा उहाँहरूको यस्तो स्पष्टीकरण आएको हो ।
२०७७ भदौ ८ गते स्पष्टीकरण जारी गर्दै उहाँहरूले सो जानकारी दिनुभएको छ । स्पष्टीकरणमा भनिएको छ–
“अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. १ साविक ढाकावाङ–३ कुसुममारे बस्ने हामी तपशिलबमोजिमका व्यक्तिहरू २०७७ भाद्र ६ गतेका दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी राजमोमा प्रवेश गरेका थियौँ । भाद्र ७ गतेका दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्य प्रेमनारायण गैरे, भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाको नेतृत्वमा भूमिकास्थान नगरपालिका–१ कुसुममारे आई हाम्रो सोही समय र बखत्मा नभएको अवस्थामा पुनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गराइएको भन्ने कपोलकल्पित भ्रमपूर्ण समाचार राखिएको हुँदा हाम्रो घोर आपत्ति व्यक्त गर्दै हामी राजमोमा बसी काम गर्दै आएको र आइन्दा यस्ता भ्रम र झुटको खेती नगर्न हामी घोर भत्र्सना गर्दछौँ ।”