• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

बाख्रापालनले फेरियो डम्बरको जीवन

जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

बङ्गुरपालनबाट मनग्य आम्दानी

दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजत पदक

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ५. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ६. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • ७. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ८. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. राजमो प्युठानद्वारा जिल्लाका विभिन्न स्थानमा प्रगतिशील देउसी भैलो कार्यक्रम सञ्चालन

रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)


  •   आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, धुन्चेबजार ।

    Advertisement

    गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका एक सय ६३ परिवारलाई नगद राहत वितरण गरिएको छ ।

    राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा २०८३ कात्तिक २८ गते शनिबार प्रभावित बस्तीमै पुगेर नगद सहयोग हस्तान्तरण गरिएको हो ।

    राहत वितरणका क्रममा बोल्दै राजमो केन्द्रीय सल्लाहकार आनन्दराज शर्माले भदौ १० को विपत्तिलाई हिमाली सुनामीको संज्ञा दिनुभयो ।

    ‘उक्त भयावह बाढीले थुप्रै जनधनको क्षति पुर्‍याएको छ’ उहाँले भन्नुभयो– ‘त्यो क्षतिको पूर्ति तत्काल गर्न नसके पनि यस्तो दु:खद् क्षणमा तपाईंहरूको शोकमा हाम्रो पार्टी साथमा छ भन्ने सन्देश दिन बस्तीमै आएका हौँ ।’

    सल्लाहकार शर्माले यो रकम कुनै राज्यस्तर, विदेशी एनजिओ वा दातृनिकायबाट नभई नेपाल र भारतमा क्रियाशील श्रमजीवीले सङ्कलन गरेको स्पष्ट पार्नुभयो ।

    सरकारले बिपद् राहत रकम सरकारी खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरे पनि वास्तविक पीडितले छिटो र प्रत्यक्ष सहयोग पाउन् भन्ने उद्देश्यले बस्तीमै पुगेर नगद वितरण गरिएको उहाँको भनाइ थियो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले प्रवासका श्रमिक, महिला, विद्यार्थी, युवा र साना व्यापारीले गास कटाएर पाँच सयदेखि दुई हजार रुपियाँसम्म जुटाएको रकम पीडितसम्म ल्याइएको बताउनुभयो ।

    ‘पीडितले आफ्नो तत्कालीन आवश्यकताअनुसार खर्च गर्न सकुन् भनेर सामग्रीको सट्टा नगद नै हस्तान्तरण गरेका हौँ’ उहाँले भन्नुभयो ।
    स्थानीय तहबाट प्राप्त मृतक, घाइते र बेपत्तासम्बन्धी विवरण तथा प्रभावित परिवारको वास्तविक अवस्थालाई आधार बनाएर राहत वितरण गरिएको थियो ।

    टोलीले गोसाइँकुण्ड गाउँपालिका–६ का बोकेझुन्डा, ठाडे र सोले, कालिका गाउँपालिका–१ का ग्राङ, पलेप, राम्चे तथा वडा नं. २ को गुम्बाडाँडामा राहत बाँडेको छ ।

    त्यसैगरी, उत्तरगया गाउँपालिका–४ को ढुङ्गे, आमाछोदिङ्मो गाउँपालिका–२ को ग्रे तथा नौकुण्ड गाउँपालिका–६ को सस्र्युं र वडा नं. ५ को चिसीका पीडित परिवारलाई पनि नगद उपलब्ध गराइएको छ ।

    दुर्गम बस्तीमा पुग्दा बाढीपीडितको अवस्था कष्टकर देखिन्थ्यो । बाढीमा आफन्त र समुदायका धेरै युवा जनशक्ति गुमाएका पीडितले मानवीय तथा भौतिक क्षतिबाट अझै सम्हालिन नसकेको र दैनिक जीवनयापनमा समेत कठिनाइ भइरहेको पीडा सुनाएका थिए ।

    टाढाबाट बस्तीमै आएर दु:खमा साथ दिएकोमा टोलीप्रति आभार व्यक्त गर्दै स्थानीय पीडित मिङमर मोक्तानले भन्नुभयो– ‘घरदैलोमै आएर सहयोग गरिदिनुभयो । घरखर्चमा ठुलो राहत मिलेको छ ।’

    राहत वितरण अभियानमा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, राजमो काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष दिवाकर सुवेदी, रसुवा राजमोका नेता दाबा सोनाम लामालगायतको सहभागिता थियो ।

    आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
    स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
    प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
    बाख्रापालनले फेरियो डम्बरको जीवन
    जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
    बङ्गुरपालनबाट मनग्य आम्दानी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ५.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    भर्खरै

    • १.
      बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

    • २.
      स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

    • ३.
      प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

    • ४.
      बाख्रापालनले फेरियो डम्बरको जीवन

    • ५.
      जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड

    • ६.
      बङ्गुरपालनबाट मनग्य आम्दानी

    • ७.
      दशौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ सुदूरपश्चिमबाट १८ खेलाडी छनोट

    • ८.
      पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपात हुने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.