काठमाडौं । कोरोना नियन्त्रणका लागि अहिलेसम्म करीब १२ अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ । साउन मसान्तसम्म सरकारका तीनै तहबाट गरी ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको हो ।
Advertisement
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार/अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार यसमा संघीय सरकारको तर्फबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । त्यसरी खर्च गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ ।
मन्त्री खतिवडाका अनुसार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले २ खर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयल ४ करोड ४९ लाख, सहरी विकास मन्त्रालयले १ करोड २९ लाख, कोभिड कोष अन्तर्गत १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।
हेर्नुहोस्, खर्चको विवरण

