अन्ताल्या (टर्की) । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् ।
बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन् तर बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने भएका छन् । फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठुला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनेछन् । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ । (रासस/एएफपी)





