वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसी विरुद्ध दायर गरेको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।
Advertisement
सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेपछि मुद्दा अघि बढ्ने भएको हो ।
ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् । उनले कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।
न्यायाधीश जेफ्री टी कुन्जले मानहानिसम्बन्धी दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानुनअन्तर्गतको दाबी खारेज गरेका छन् । बिबिसीले वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ तर ट्रम्पलाई वास्तविक क्षति पुगेको दाबी अस्वीकार गर्दै आएको छ । (रासस/एएफपी)





