• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

विदेशमा रहेका नेपाली ल्याउन भदौ १६ देखि नियमित उडान, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु


  •   शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले विदेशी मुलुकहरुमा अलपत्र नागरिकलाई भदौ १६ गतेबाट उद्धार गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माफर्त भदौ १६ गतेबाट अलपत्र नागरिकलाई उद्धार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

    Advertisement

    प्रतिदिन ५ सय जना ल्याउने गरी नियमित उद्धार उडान हुने उहाँले बताउनुभयो । उद्धार उडानका लागि पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, जापान, युएइ दक्षीण कोरिया हङ, अष्ट्रेलिया क्यानडा लगायत युरोपेली मुलुकबाट नेपाल आउन अनुमित भएका नेपाली नागरिक, कुटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई मात्रै ल्याउने निर्णय भएको उहाँले बताउनुभयो ।

    यस्तै साउदी अरब, कुवेत र कतार लागयत पीसीआर परीक्षण सहज नभएका मुलुकबाट नेपाली कुटनीति नियोगले सिफारिस गरेअनुसारका व्यक्तिलाई मात्रै उद्धार उाडन मार्फत नेपाल ल्याउने छ । उद्धार उडानबाट आउने नेपालीहरुले कम्ति एक हप्ता होटेल क्वारेन्टिनमा बस्न उतैबाट होटल बुकिङ गर्नुपर्ने प्रवाधान राखिएको छ । ७२ घण्टाअघिको पीसीआर रिपोर्टसँगै टिकट बुकिङको समयमा नै होटलमा ७ दिन बस्न लाग्ने खर्च पनि तिर्नुपर्ने छ ।

    सो मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई उद्धार गरि नेपाल ल्याइए सम्बन्धित एयरलाइन्सलाई कारवाही गरिने उहाँले बताउनुभयो । कोरोना नेगेटिभ प्रमाणपत्र भएका यात्रु सबैलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिवद्धता सहित सहित जान दिने र स्थानीय तहले अनुगमन गर्ने निर्णय पनि सरकारले गरेको छ । निममित उडानका लागि भदौ १६ गते बाट उडान तालिका प्रकाशन पर्यटन मन्त्रालय गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    काठमाडौं उपत्यकामा सरकारले कम्तिमा पनि ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको छ । उपत्यका भित्र रहेका अस्पतालहरु, मेडिकल कलेजहरु, नीजि र सामुदायिक अस्पतालहरुमा कम्तिमा ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संयोजनमा आइसोलेसन बेड निर्माण गरिने उहाँले बताउनुभयो ।

    यसैगरी अन्तर्राष्ट्रियस्मिा क्षेत्र र अन्तर जिल्ला आवागमनलाई पनि थप कडाई गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने र पालना नगर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने समेत उहाँले बताउनुभयो ।

    उपत्यकामा संक्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारले एकिृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको छ । गृहमन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको समितिले क्वारेन्टिन निर्माण, व्यवस्थापन, अनुगमन र सुरक्षा लागयतका काम गर्नेछ ।

    यस्तै बैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई एकिकृत क्वरोन्टिनमा राख्ने व्यवस्थापन पनि समितिले गर्ने छ । त्यसमा लाग्ने सम्पूर्ण खर्च कोषको सिफारिसमा स्थानीय तहलाई उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

    कोषको खर्चमा उद्धार भएका बाहेकको हकमा खर्च जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रको सिफारिसमा स्थानीय तहमा रहेका कोरोना रोकथाम नियन्त्रण र उपचार व्यवस्था कोषबाट मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

    सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति आफ्नै घरमा आइसोलेसनमा बस्न चाहानेहरुलाई स्वास्थ्य प्रोटोकल पालना हुने सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य संस्था वा इकाइले अनुमति दिने उहाँले बताउनुभयो । सो को अनुगमनका लागि मन्त्रालयले तोकेको मापदड अनुसार स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने छ ।

    सरकारले जुनसुकै स्वास्थ्य संस्था वा नीजि सामुदायिक अस्पतालबाट समेत सेवा सञ्चालन र जनशक्ति परिचालन गर्ने/गराउने निर्णय पनि गरको छ । आवश्यकता अनुसार जुनसुकै अस्पताललाई कोभिडको उपचारका लागि मात्रै तोक्न सक्ने निर्णय पनि सरकारले गरेको छ । कसैले बाधा अवरोध गरेमा कारवाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    यसैगरी सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । राष्ट्रकवि घिमिरेको मृत्युप्रति शोकप्रकट गर्दै सरकारले अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो ।

    यस्तै बाढी पहिरोमा परि मृत्यु भएका परिवारलाई प्रतिपरिवार २ लाख र एक परिवारमा एकजना भन्दा बढीको मृत्यु भएमा प्रतिमृतक १ लाखका दरले उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । घाइतेहरुकोउपचारको सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

    आवास वा पसलमा क्षति पुगेको भए प्रति परिवार १५ हजार उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । यस्तै परिवारमा ५ भन्दा बढी रहेको अवस्थामा २० हजार उपलब्ध सरकारले गराउने भएको छ ।

    घर पूर्ण क्षति भएको अवस्थामा प्रतिपरिवार एक लाख उपलब्ध गराउने, घाइतेको उपचारको साथै आउजाउका लागि सहयोग रकम उपलब्ध गराउने र घर बनाउन आवश्यक पर्ने काठ सहुलियत दरमा उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

    आजसम्म बाढी पहिरोमा परेर हालसम्म २५० को मृत्यु भएको छ । यसैगरी ८४ बेपत्ता भएका छन् भने, १५२ घाइते भएका छन् । आजसम्म बाढी पहिरोबाट ३ सय ५१ घर भत्किएका छन् ।

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.