काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी र सर्लाहीमा एक-एक जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस्तै ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा पनि एक एक जना संक्रमितको मृत्यु भएको गौतमले बताउनुभयो । योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ ।
आज ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जना संक्रमित थपिएका हुन् । आज देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार ३९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३, बागमती प्रदेशमा ३ हजार १ सय ६० र गण्डकी प्रदेशमा ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७, बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ गरी देशभरी ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २ दिनयता आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढिरहेको उहाँले बताउनुभयो । प्रदेश नम्बर १ मा १६, प्रदेश नम्बर २ मा ४६, बागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश नम्बर ५ मा १३ गरी १ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत छन ।
यस्तै बागमती प्रदेशमा १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज २ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन ।
यस्तै प्रदेश नम्बर १ मा १ हजार २ सय २७, प्रदेश नम्बर २ मा ४ हजार ४, बागमती प्रदेशमा ७ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ७६ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ५६, कर्णाली प्रदेशमा १ हजार ९ सय ७१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३ सय ४६ जना डिस्चार्ज भएका छन् ।
आज क्वारेन्टिनमा १२ हजार २ सय ३४ जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ५ सय १, प्रदेश नम्बर २ मा १ हजार ४ सय १, बागमती प्रदेशमा १ हजार १ सय ६२ र गण्डकी प्रदेशमा २ हजार ६ सय ९८ जना क्वारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७९, कर्णाली प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ । प्रवक्ता डा. गौतमले पीसीइ बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च भएको हो ।
एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । ३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उहाँले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताउनुभयो ।
एकजना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । निषेधाज्ञा जारी भएका क्षेत्र र अन्य क्षेत्रमा अनावश्यक घर बाहिर ननिस्किन पनि उहाँले आग्रह गर्नुभएको छ ।
कुन जिल्लामा कति संक्रमित ?
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८२ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।
यस्तै, इलाममा ४, उदयपुरमा २, झापा ७, ताप्लेजुंगमा १, पाँचथरमा १, मोरंगमा ४५ र सुनसरीमा २९ जना संक्रमित भेटिएका छन् । त्यस्तै प्रदेश २ मा धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४ जना र सिरहामा १६ जनामा कोरोना पुष्टि भएको छ ।
वागमती प्रदेशमा काठमाडौंमा १४२, चितवन २३, दोलखा १, धादिंग १, नुवाकोट २, भक्तपुर १५, मकवानपुर ३२, रसुवा १, ललितपुर २५, सिन्धुलीमा ८ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकीमा कास्कीमा १, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मनाङमा २, बाग्लुंगमा ३ र स्यांग्जामा १ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश ५ मा अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्युठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७ र रोल्पामा १ जना रहेका छन् ।
कर्णालीमा कालीकोटमा १, जुम्लामाम ५३, दैलेखमा १, रुकुमपश्चिममा ३ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा अछाममा ३८, कञ्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ गरी जम्मा २९२ महिला र ५४६ पुरुष गरी ८३८ जनामा कोरोना पुष्टि भएको छ ।