काठमाडौं । नेपालमा हालसम्म करिब पाँच लाख ८० हजारको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) सम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको हो ।
Advertisement
नेपालमा फेरि ८३८ जना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका संक्रमितमा २९२ महिला र ५४६ पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका हुन् ।
यसैबीच, पछिल्ला केही दिनयता आईसीयूमा उपचार गर्नेहरु बढेको उनले जानकारी दिए। हालसम्म १३३ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा वागमती प्रदेशका १५ जनाको उपचार भइरहेको छ ।