चिदम्बरम (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनामा अठचालिसौँ स्थापना दिवस मनाइएको छ ।
प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य बालाकृष्ण गायकको उपस्थितिमा नोभेम्बर ७, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आफ्नो विचार राख्दै उहाँले भन्नुभयो– ’भारतस्थित सम्पूर्ण प्रवासी श्रमिक नेपालीको एकता, सङ्घर्ष र न्यायको लागि आवाज उठाउने अभियानका लागि आज ऐतिहासिक दिन हो ।’
सन् १९७९ को आजैका दिन सङ्गठित रूपमा सामाजिक–राजनैतिक स्तरमा भारतस्थित नेपालीको हकहित र अधिकारको निम्ति आन्दोलनको पहिलो सुरुवात भएको उहाँको दाबी थियो ।
नेता गायकले मूल प्रवाहको स्थापनाकालदेखि नै प्रतिक्रियावादी, अवसरवादी र फुटपरस्त अराजक तत्त्वले सङ्गठनमाथि आक्रमण गरे पनि आजसम्म मूल प्रवाह अझै सशक्त, मजबुत र विशाल हुँदै गएको विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा नगर महिला विभागकी सदस्य खेमकुमारी जिसी, एरिया सदस्य होमबहादुर जिसी र विक्रम जिसीलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
हेम बिजीको उद्घोषण तथा गोकुलबहादुर गायकको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई प्रेमप्रसाद पराजुलीले स्वागत गर्नुभएको थियो ।





