बेङ्गलोर (भारत) । बैङ्गलोरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अठचालिसौँ स्थापना दिवस मनाइएको छ ।
नोभेम्बर ७, २०२६ तदनुसार २०८३ कात्तिक २१ गते बैङ्गलोर उत्तर नगर समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मूल प्रवाहको दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरीको आतिथ्यमा उक्त कार्यक्रम अघि बढेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै क्षेत्रीय सदस्य पहरीले मूल प्रवाहको सङ्क्षिप्त इतिहासबारे प्रकाश पार्नुभएको थियो ।
उहाँले भारतमा मूल प्रवाह स्थापित अभिभावकीय सङ्गठन भएको पनि दाबी गर्नुभयो ।
सो अवसरमा क्षेत्रीय महिला विभागकी सदस्य दुरा पहरी र नगर महिला विभागकी सदस्य सीता कुँवरले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष ओमबहादुर दाहालले र सञ्चालन सचिव तिलकबहादुर केसीले गर्नुभएको थियो ।
देश र जनताका लागि ज्यानको आहुति दिनेहुने ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारणपछि उपस्थित समुदायलाई शब्दबाट नगर समितिका सदस्य निर्मला दाहालले स्वागत गर्नुभएको थियो ।





