काठमाडौँ । यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने भएको छ ।
Advertisement
कात्तिक २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
काठमाडौँ महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुनेछ ।
उनले यस अवधिमा सडक तथा सार्वजनिक स्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छिन् ।





