• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण

पोखरामा सयपत्री पुष्प मेला सुरु

चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

पोखरामा सयपत्री पुष्प मेला सुरु


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • कास्की, १९ कात्तिक ।  पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ ।

    Advertisement

    फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गर्नुभएको हो ।

    यही कात्तिक २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेलमैदानमा सञ्चालन हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछ । तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ ।

    स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवद्र्धनमा लाग्न कृषक र व्यवसायीलाई सुझाव दिनुभयो ।

    “पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना छ । स्थानीय उत्पादन वृद्धि गर्दै फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्छ । उत्पादनको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,” नगर प्रमुख आचार्यले भन्नुभयो ।

    महानगरका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गरेपछि कृषक व्यावसायिक पुष्पखेतीमा आकर्षित छन ।

    कार्यक्रममा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकलाई प्रोत्साहन गर्दै पुष्प व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले पोखरामा वार्षिक रु तीन करोड बराबरको फूलको कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै यस व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र कृषि उद्यमशीलतामा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । पुष्प उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन कृषक तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

    मेलामा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका पुष्पजन्य उत्पादनको प्रदर्शनी, बिक्रीवितरण गरिने आयोजकले जनाएको छ ।  मेलाले पुष्प व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आम नागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार  तिहार तथा छठ पर्वका अवसरमा सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्री वितरणमा आबद्ध छन् ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण
    चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी
    आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना
    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण

    • २.
      पोखरामा सयपत्री पुष्प मेला सुरु

    • ३.
      चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

    • ४.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    • ५.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • ६.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ७.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ८.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.