• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण

पोखरामा सयपत्री पुष्प मेला सुरु

चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • बेइजिङ, १९ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उहाँविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो ।

    Advertisement

    मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्‍याएको आरोप लगाएका छन् ।

    सन् २०२२ मा पोलिटब्युरो सदस्य बन्नुभएका माविरुद्धको अनुसन्धान गत अप्रिलमा सार्वजनिक भएको थियो । त्यतिबेला उहाँमाथि पार्टी अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानमा कारबाहीमा पर्ने पछिल्लो वरिष्ठ अधिकारी हुनुहुन्छ ।

    गत साता सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनले अनुशासन सुदृढ गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको थियो । बैठकले मा सहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो । निष्कासित हुनेमा यसै वर्षको सुरुसम्म सेनाको नेतृत्वमा रहेका एक वरिष्ठ जनरल पनि हुनुहुन्छ ।

    पोलिटब्युरोमा २४ सदस्य रहेकामा पछिल्लो समय मा र दुई सैन्य जनरल गरी तीन जना हटाइएका छन् । विश्लेषकहरूका अनुसार भ्रष्टाचारविरोधी अभियान भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमसमेत बनेको छ ।

    मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिष्ट पार्टी प्रमुख हुनुहुन्थ्यो । त्यसअघि उहाँले हङकङसँग सीमा जोडिएको चीनको प्रमुख औद्योगिक प्रान्त गुआङ्दोङको गभर्नरका रूपमा काम गर्नुभएको थियो । चिनियाँ शासन प्रणालीमा प्रान्तीय गभर्नरभन्दा कम्युनिष्ट पार्टीका प्रमुखको पद शक्तिशाली मानिन्छ ।

    पेसाले इन्जिनियर रहनुभएका माले स्थानीय सरकारमा प्रवेश गर्नुअघि एयरोस्पेस उद्योगमा काम गर्नुभएको थियो ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण
    पोखरामा सयपत्री पुष्प मेला सुरु
    चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी
    आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना
    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण

    • २.
      पोखरामा सयपत्री पुष्प मेला सुरु

    • ३.
      चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

    • ४.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    • ५.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • ६.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ७.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ८.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.