• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

१५ दिनभित्र मल आपूर्ति गर्न अखिल नेपाल किसान महासंघको माग


  •   शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले १५ दिनभित्र किसानलाई मल आपूर्ति गर्न सरकारसित माग गरेको छ । नेपाल सरकारले “धेरै प्रयत्नपछि पनि मल उपलब्ध गराउन नसकेको” जस्ता लाचारीपूर्ण अभिव्यक्ति प्रकट गरेपछि किसान महासङ्घको यस्तो प्रतिक्रिया आएको हो ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ भदौ ५ गते जारी प्रेसवक्तव्यमा यस्तो प्रतिक्रिया व्यक्त गरिएको हो । वैदेशिक रोजगारी र शहरमा बसेका लाखौँ श्रमिकसमेत गाउँमा गई बाझो जमिन जोतिरहेको परिस्थितिमा मल उपलब्ध गराउन नसक्नुलाई किसान महासङ्घले सरकारको गैरजिम्मेवार र नालायकी प्रवृत्तिको सङ्ज्ञा दिएको छ ।

    यस्तो नालायकी चरित्र प्रदर्शन गर्ने कृषिमन्त्री र कृषि मन्त्रालयका कर्मचारीलाई जिम्मेवारीबाट हट्नसमेत माग गरिएको सो वक्तव्यमा अगाडि भनिएको छ–

    “नेपाल सरकारले कृषि मन्त्रालयका कर्मचारी मार्फत ‘धेरै प्रयत्नपश्चात् मल उपलब्ध गराउन नसकेको’ भनेर लाचारी प्रकट गर्दै मल उपलब्ध गराउन नसक्ने आसयको वक्तव्य प्रकाशित गर्न लगाएर किसानमारा चरित्र देखाएको छ । यस प्रकारको कृषिक्षेत्रमाथि नेपाल सरकारको नालायकी र गैरजिम्मेवारीप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) क्षोभ प्रकट गर्दै कृषिक्षेत्रको जिम्मेवारी बहन गर्न नसक्ने कृषिमन्त्री र कृषि मन्त्रालयका कर्मचारीलाई जिम्मेवारीबाट हट्न माग गर्दछ ।

    कोभिड–१९ को महामारीबिच आफ्नो स्वास्थ्यको पनि ख्याल नगरी किसानहरूले ठुलो मिहिनेत गरी कृषि उत्पादनमा लागेका थिए । वैदेशिक रोजगरी र शहरमा बसेका लाखौँ श्रमिकहरू गाउँमा गई बाझो जमिनसमेत जोतेर कृषिउपज लगाएका थिए । तर सङ्घीय सरकार र प्रदेश सरकारको स्थानीय सरकारलाई निकम्मा बनाई कृषिक्षेत्रमा लगानी बढाई किसानलाई सहजीकरण गर्ने र त्यसको व्यवस्थापनको जिम्मेवारीबाट हटेर किसानलाई बेवास्ता गर्ने विगतको नीतिमा कुनै सुधार देखिएन ।

    कृषिमन्त्रीले जतिसुकै समस्या बताए पनि नेपाल सरकारले त्यसको हल ननिकाल्नु कृषिप्रति यो सरकारको गैरजिम्मेवार र नालायकी प्रमाणित भएको छ । कृषिक्षेत्रलाई बेवास्ता गरिएको देखेपछि गाउँका किसानलाई पुनः वैदेशिक रोजगारीमा फर्काउन सरकारले पुनः जोड गरिरहेको छ । कृषिलाई बेवास्ता गरी यो सरकारको नीतिले कोभिड–१९ को महामारीबिच विकराल भोकमरी पैदा हुने निश्चित छ । अझ सङ्घीयता कार्यान्वयन गर्न भन्दै विदेशीसँग भिक मागेर सरकार चलाउनेजस्ता नालायकी चरित्र यो सरकारले देखाइरहेको छ ।

    कोभिड–१९ को व्यवस्थापनसँगै कृषिक्षेत्रको समेत प्राथमिकता तोकेर कृषिक्षेत्रलाई सङ्कटकाल घोषणा गरेर १५ दिनभित्रै मल आपूर्ति गर्न माग गर्दछ ।”

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.