खिमराज चालिसे, चन्डिगढ ।
भारत हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् ।
रिकाङपिओस्थित किन्नौर महोत्सवमा मूल प्रवाह नगर समितिले ‘यो नेपाली शिर उचाली’ शीर्षकको प्रस्तुति दिएको हो ।
अक्टोबर ३१, २०२६ का दिन आयोजित कार्यक्रममा मूल प्रवाहको हिमाचल राज्य समितिका सहसचिव मिथुन सिंह, रिकाङपिओ नगर समितिका कोषाध्यक्ष प्रकाश चन्द्र, नगर समितिका सदस्य राजेन्द्र, नगर सदस्य तथा महिला विभागकी सदस्य सपना, कार्यालय सञ्चालक शुषमालगायतको उपस्थिति प्रस्तुति दिइएको थियो ।
सांस्कृतिक प्रस्तुतिमा कलाकारहरू नन्दिता, तिर्सना, नेन्सी र प्रिन्सी सहभागी थिए ।
कार्यक्रममा कलाकारहरूले ‘यो नेपाली शिर उचाली’ शीर्षकको देशभक्ति गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।
मूल प्रवाहका नेता मिथुन सिंहका अनुसार रिकाङपिओमा आयोजित भारतको गणतन्त्र दिवस, स्वतन्त्रता दिवस र विभिन्न महोत्सवमा भारतीय प्रशासनकै निमन्त्रणामा प्रत्येक वर्ष मूल प्रवाहले सांस्कृतिक प्रस्तुति दिदै आइरहेको छ ।






