भानु जिएम, दाङ ।
दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेस्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेमा एक कार्यक्रममाझ पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वविद्यार्थी मञ्चका अध्यक्ष चन्द्र पुरीको अध्यक्षतामा २०८३ कात्तिक १५ गते आइतवार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी, पूर्व प्रधानाध्यापक पीताम्बर शर्मा, पूर्व शिक्षक एवम् पद्मोदय मावि भरतपुरका शिक्षक विप्लव अधिकारी, पूर्व शिक्षक देवलाल यादव, शीतगङ्गा–८ का वडासदस्य बेलबहादुर राना, पूर्व विव्यस अध्यक्षहरू ढकबहादुर महतरा, हरि सुवेदी र चित्रबहादुर महतारा, बहालवाला विव्यस अध्यक्ष राजकुमार योगी, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष लक्ष्मी सुनार, निर्माण व्यवसायी गिरबहादुर दर्लामी, शिवराज आधारभूत विद्यालय धानखोलाका प्रधानाध्यापक सुनिल पुन, शिक्षकहरू शङ्कर केसी, यशोदा पुन र दुर्गा पौडेल, पूर्व विद्यार्थीहरू राजन पोख्रेल, शिवु मरासिनी, मोहन मरासिनी, सिद्वार्थ सुवेदी, सरोज पुरी, हरि पौडेल, अञ्जना रोकालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उपस्थित पूर्व विद्यार्थीहरूमध्ये सबैभन्दा ज्येष्ठ सदस्य भरत अधिकारीको प्रमुख आतिथ्य तथा पूर्व विद्यार्थी मञ्चका कोषाध्यक्ष मधुसुदन केसीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रमको सहजीकरण प्रधानाध्यापक नेत्रप्रसाद खनाल र शिक्षक भानु जिएमले गर्नुभएको थियो ।






