• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. कवि

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष


  •   आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले सुकुम्वासीमाथिको दमन अझै नरोकिएको धारणा सार्वजनिक गरेको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८३ कात्तिक १५ गते आाइतवार प्रेसविज्ञप्ति जारी गर्दै अप्फाले सो धारणा व्यक्त गरेको हो ।

    रेग्मीले यही कात्तिक ११ गते बुटवलमा अप्फा केन्द्रीय समितिको बैठक बसेको र सोही बैठकका निर्णय सार्वजनिक गर्न विज्ञप्ति जारी गरिएको जानकारी गराउनुभएको छ ।

    विज्ञप्तिमा सरकारले केही सुकुम्वासीलाई फाराम मात्रै भराएर समग्र समस्याको समाधान भएको हौवा फैलाए पनि वास्तवमा उनीहरूमाथिको दमन समाप्त नभएको निष्कर्ष निकालेको छ ।

    कात्तिक १३ गते सरकारले पत्रकारमाथि दमन गरेको सन्दर्भमा अप्फाले यो कदमबाट २०१७ सालमा राजा महेन्द्रको र २०६१ सालको राजा ज्ञानेन्द्रको निरङ्कुश शासनको स्मरण गराएको उल्लेख गरेको छ । अप्फाले लोकतन्त्र, प्रेस स्वतन्त्रता र मौलिक हक कुण्ठित नगर्न सरकारलाई चेतावनी दिएको छ ।

    भदौ १० गतेको रसुवाबाढी र असोज २५ गतेको बुढीगण्डकी बाढीको सम्बन्धमा उद्धार र राहतमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उक्त विज्ञप्तिमा राहत वितरण तथा बाढीप्रभावितको व्यवस्थापनका लागि तात्कालिक, मध्यकालीन र दीर्घकालीन योजनासमेत प्रस्तुत गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय समितिको बैठक २०८३ कात्तिक ११ गते बुटवलमा सम्पन्न भयो । बैठकले सङ्गठनका कतिपय महत्त्वपूर्ण निर्णय र समसामयिक राजनैतिक तथा किसानका विषयमा निर्णय गरेको छ । त्यसको सार्वजनिक जानकारीका लागि यो विज्ञप्ति प्रसारित गरिएको छ ।

    १. रसुवाबाढीको महाप्रलयले भोटेकोशी–त्रिशूली कोरिडोरका सम्पूर्ण बस्ती ध्वस्त पारेकोमा नेपाल सरकारले तात्कालिक उद्धारमा तत्परता देखाए पनि गलत तरिका र स्थानीय निकायलाई बेवास्ता गरेर गरिएको तत्कालको उद्धारकार्यले मृत्यु सङ्ख्या ठुलो हुन पुग्यो । तत्कालको राहतमा आम किसान, मजदुर र दैनिक ज्यालादारी जनतालाई बेवास्ता गरी अझै पनि राहतको आवश्यकता भएका जनतामा राहत नपुर्‍याएको मूल्याङ्कन बैठकले गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राहत रकम जम्मा भएता पनि उनीहरूको अस्थायी बसोबास र दैनिकी, खाना र स्वाथ्योपचारको चरम अभाव देखिएको छ । अस्थायी रूपमा सरकारी वा निजी राहत शिविर खडा गरिए पनि त्यो पहुँचवाला व्यक्तिसम्म मात्र सीमित रहेको छ । त्यसैले बैठकले निम्न विषयलाई प्राथमिकतामा राखी कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउन माग गर्दछ, साथै बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रका जनतालाई पनि यही एकीकृत योजनामा लैजान माग गर्दछ ।

    क. तात्कालिक कार्य : राहत कार्य (खाने, बस्ने, स्वास्थ्य तथा राहत शिविर) विनाभेदभाव पूर्ण रूपमा सञ्चालन गरियोस् ।

    ख. मध्यकालीन अस्थायी व्यवस्था : तुरुन्त घरवारविहीन, रोजगारविहीनलाई बाढी प्रभावित क्षेत्रबाहेक नजिकै सुरक्षित ठाउँमा अस्थायी बसोबास र रोजगारको व्यवस्था गरियोस् ।

    ग. दीर्घकालीन कार्य : भोटेकोशी–त्रिशूलीको प्रभाव क्षेत्रको बसोबासको सट्टामा त्यतै केही नजिकको सुरक्षित ठाउँको पहिचान गरी उनीहरूको पहिलोको बसोबासकै घरजग्गालाई आधार मानेर विनाभेदभाव जमिन र घरघडेरीको व्यवस्थाको योजना सुरु गरियोस् । त्यो नयाँ बसोवासी क्षेत्रमा सडकको पहुँच, बिजुलीबत्ती, पानी, स्कुल, स्वास्थ्य संस्थाको व्यवस्था गरी नयाँ बस्ती निर्माण गरियोस् । यसका लागि स्थानीय निकायलाई जिम्मेवार बनाइयोस् ।

    घ. समाचारमा आएअनुसार जम्मा भएको राहतकोषबाट भ्रमण र निरीक्षणमा ठुलो र कम खर्च भएको छ र राहत वितरण पनि असमान भएको छ । यसको लागि सरकारले तात्कालिक, अस्थायी र दीर्घकालीन योजनाअनुसार कामको फेहरिस्च जनतामाझ सार्वजनिक गरियोस् र सबै काम पारदर्शी रूपमा सम्पन्न गरियोस् ।

    २. पत्रकारलाई गृहप्रशासनअन्तर्गतको प्रहरीले ठुलो सङ्ख्यामा गिरफ्तार गरेर आतङ्क सिर्जना गरेको छ । यसले राजा महेन्द्रको वा राजा ज्ञानेन्द्रको शासन स्मरण गराएको छ । अहिले प्रेस स्वतन्त्रता र मौलिक हकलाई बन्देज लगाएर तानाशाही कदम चाल्ने तयारी गरेको त होइन ? यसभन्दा पहिले सुकुम्वासीमाथि डोजर चलाउने, केही सीमित सुकुम्वासीलाई अस्थायी शिविरमा राख्ने नाममा भोकभोकै राख्ने, टे्रड युनियन अधिकारमाथि बन्देज लगाउने आदि कामले बालेन्द्र सरकारले तानाशाही शासन चलाउँदै र त्यो तानाशाही शैली विस्तार गर्दै गएको देखिन्छ । भोलि किसान सङ्गठनलाई पनि प्रतिबन्ध लगाउने र विदेशी बहुराष्ट्रिय कृषि कम्पनीलाई अधिकार दिने कामको थालनी त होइन ? त्यसैले गणतन्त्रले प्राप्त गरेको प्रेस स्वतन्त्रता, मौलिक हक र देशमा भइरहेको विदेशी चलखेल बन्द गर्न माग गर्दछौँ ।

    ३. सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई फाराम भराई कानुनी प्रक्रिया पुर्‍याएर बाँकी रहेका केही सय लालपुर्जा वितरण गरेको विषयमा ठुलो हौवा खडा गरी सुकुम्वासीमाथि अझै कडा दमन चलाइरहेको छ । अधिकांश जिल्लाका सुकुम्वासीमाथि विचल्ली बनाइरहेको छ । सुकुम्वासीलाई जग्गा दिलाउने कानुन ल्याइदिने भनेर हल्ला गरिएको छ तर सुकुम्वासीमाथि दमन रोकिएको छैन । यसले किसान, मजदुर र निम्नआय भएका ६० प्रतिशत जनता ठुलो मारमा परेका छन् । यस सन्दर्भमा सरकारमाथि दबाब दिन किसान, मजदुर र निम्नआयका जनताको समस्या समाधानार्थ संयुक्त सङ्घर्षलाई विकास गर्न आवश्यक पहलकदमी गर्ने निर्णय भएको छ ।”

    आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.