• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषिकर्जा


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • जनकपुरधाम । मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि कर्जा लगानी भएको छ ।

    Advertisement

    गत आर्थिक वर्ष २०८२/८३ मा बैङ्क तथा वित्तीय संस्थाले उक्त रकम कृषि कर्जातर्फ प्रवाह गरेको नेपाल राष्ट्र बैङ्कको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    मधेस प्रदेशका आठ जिल्लामध्ये धनुषामा एक अर्ब दुई करोड रुपैयाँ अर्थात् १६.५४ प्रतिशत र सबैभन्दा कम सप्तरीमा ३० करोड रुपैयाँ अर्थात् ४.८७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

    प्रतिवेदनअनुसार मधेस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यस क्षेत्रको योगदान ३४.९७ प्रतिशत रहने अनुमान गरिएको छ ।

    त्यस्तै, सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने अनुमान छ । यस अवधिमा मधेस प्रदेशको प्रतिव्यक्ति जिडिपी अमेरिकी डलर ९३४ रहने अनुमान गरिएको छ ।

    कृषि उत्पादनतर्फ मधेस प्रदेशमा फलफूल खेतीले ओगटेको क्षेत्रफल ३३.९९ प्रतिशत र मसला बालीले ओगटेको क्षेत्रफल ४.४६ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल भने ४.४७ प्रतिशत र तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल १०.१५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

    उत्पादनतर्फ तरकारी तथा बागवानीमा ०.५४ प्रतिशत र फलफूलमा ४.९९ प्रतिशत वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशत तथा मसला बालीको उत्पादन ४.४४ प्रतिशतले घटेको छ ।

    पशुजन्य उत्पादनतर्फ मासु र अन्डा उत्पादनमा क्रमश: १०.१९ र ३.११ प्रतिशत वृद्धि भएको छ भने दूध उत्पादन २.६७ प्रतिशतले घटेको छ । माछा उत्पादनमा ५.०५ प्रतिशत वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन ६०.५८ प्रतिशत र दाउरा उत्पादन ७८.६२ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ ।

    कृषि, माछापालन तथा वन क्षेत्रमा पनि उल्लेख्य कर्जा प्रवाह भएको छ । २०८३ असार मसान्तसम्म मधेस प्रदेशका बैङ्क तथा वित्तीय संस्थाबाट यस क्षेत्रमा रु ५९ अर्ब ८६ करोड ९० लाख कर्जा प्रवाह भएको छ । यो प्रदेशमा प्रवाह भएको कुल कर्जाको १२.१० प्रतिशत हो ।

    औद्योगिक क्षेत्रतर्फ बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्ष औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले वृद्धि भई रु एक खर्ब २८ अर्ब ९७ करोड पुगेको छ ।

    अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा रु एक खर्ब २८ अर्ब नौ करोड रहेको थियो । अध्ययनमा समेटिएका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग भारित औसतमा ६४.५९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    घरजग्गा कारोबारतर्फ मधेस प्रदेशमा गत आर्थिक वर्ष एक लाख १६ हजार २०७ ओटा घरजग्गा रजिस्ट्रेसन भएका छन् । यसबाट रु तीन अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ ।

    बैङ्किङ क्षेत्रको वित्तीय अवस्थातर्फ २०८३ असार मसान्तसम्म मधेस प्रदेशबाट बैङ्क तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १७.३२ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह भने ०.१८ प्रतिशतले घटेर रु चार खर्ब ९४ अर्ब ९५ करोड कायम भएको छ ।

    पूर्वाधार विकासतर्फ निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–तराई–मधेस द्रुतमार्ग र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम यस प्रदेशसँग सम्बन्धित प्रमुख आयोजना हुन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

    यसैबिच, वैदेशिक रोजगारीका लागि मधेस प्रदेशबाट श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका एक लाख ७९ हजार ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो देशभरबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो ।

    राष्ट्र बैङ्कको अध्ययनले मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको उच्च योगदान, बैङ्किङ कर्जा तथा निक्षेपको अवस्था, औद्योगिक गतिविधि, घरजग्गा कारोबार र वैदेशिक रोजगारीको प्रवृत्तिलाई उजागर गरेको छ ।

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.