• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा


  •   सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
  • पेरिस, २ कात्तिक । फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गर्दै आवश्यक परे प्रदर्शन  र्‍यालीमा प्रतिबन्ध लगाउने बताउनुभएको छ । तर उहाँले आपत्कालीन अवस्था वा कफ्र्यु घोषणा गर्नुभएको छैन ।

    Advertisement

    गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सैनिक प्रहरी घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर छ । प्रदर्शनका क्रममा नगरपालिकाका भवनमा आगजनी तथा सयौँ व्यवसायमा लुटपाट र तोडफोड भएको छ ।

    म्याक्रोनले वैध माग राखेर प्रदर्शन गर्ने र हिंसा तथा लुटपाटमा संलग्न हुनेहरूबीच भिन्नता गर्नुपर्ने बताउनुभयो । उहाँले सहरहरूमा अनियन्त्रित हिंसा फैलाउने अपराधी तथा अतिवामपन्थी समूहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    आइतबार पेरिसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र स्तब्ध पार्ने ग्रेनेड प्रहार गरेको थियो । अधिकारीहरूका अनुसार प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार भएको थियो । राजधानीमा १०८ जना पक्राउ परेका छन् भने रिपब्लिक स्क्वायर आसपास कम्तीमा पाँच पसल लुटिएका छन् । लियोनमा पनि पसल लुट्ने प्रयासका क्रममा झडप भएको छ ।

    आगामी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भएको हिंसाले राजनीतिक बहससमेत चर्काएको छ । दक्षिणपन्थी नेसनल  र्‍याली पार्टीकी नेतृ मरिन ले पेनले घटनाले म्याक्रोनको प्रशासन कमजोर र दिशाहीन भएको देखाएको टिप्पणी गर्नुभएको छ । कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिनुभएको छ । म्याक्रोनले भने हिंसाको सट्टा बहसमा आधारित निर्वाचन हुनुपर्ने बताउनुभयो ।

    प्रदर्शनमा मजदुर सङ्गठन, ‘यल्लो भेस्ट’ आन्दोलनका सहभागी र विद्यार्थी सहभागी भएका थिए । उनीहरूले जीवनयापनको बढ्दो लागत तथा युवाहरूको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हिंसाका लागि आप्रवासनलाई दोष दिनुभएको छ ।

    म्याक्रोनले प्रभावित व्यवसायलाई सहयोग गर्ने र सुरक्षा निकायको कारबाहीबारे पारदर्शिता अपनाउने बताउनुभयो । उहाँले गृहमन्त्री लरेन्ट नुनेजलाई विशेषगरी सुरक्षा सूचना सङ्कलन र घटनाको पूर्वानुमानमा देखिएका कमजोरीबाट आवश्यक पाठ सिक्न निर्देशन दिनुभएको छ ।

    लिमोजिसमा १९औँ शताब्दीमा निर्मित नगरपालिकाको भवन आगलागीमा नष्ट भएको छ भने लियोनको पर्यटक सूचना कार्यालयमा पनि आगजनी गरिएको छ । सेन्ट–एटिनेमा भिड नियन्त्रणका क्रममा प्रयोग गरिएको ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात उडेको छ । मुलहाउसमा १७ वर्षीया किशोरीले आँखाको दृष्टि गुमाएको अभियोजनकर्ताहरूले बताएका छन् ।

    सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.