• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

कवि घिमिरे आफ्नो युगको शक्तिशाली स्रष्टा, ‘अखण्ड नेपाल’ साहित्यिक मूल मन्त्रः मसाल


  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक विज्ञप्ति प्रकाशित गरी घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

    Advertisement

    विज्ञप्तिमा सिंहले ‘राष्ट्रवाद एवम् सामाजिक सद्भावको मूल नै अखण्ड नेपाल हो भन्ने उहाँको साहित्यमा उद्वोधित भएका छन्’ भन्दै उहाँ ‘आफ्नो युगको शक्तिशाली स्रष्टा हुनुहुन्थ्यो’ भन्नु भएको छ ।

    अहिले राष्ट्रिय झण्डा जलाउने वा आफ्नो आस्थालाई चितामा जलाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मसालले ‘स्वाभिमान र आस्थाको विचलन भइरहेको यो विषम युगमा कवि घिमिरे जस्ता स्रष्टाले स्थापना गरेको मूल्यबाट साधारण जीवन र उच्च विचारको सदैव महिमा भइरहने’ उल्लेख गरेको छ ।

    गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका कवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

    वक्तव्यमा भनिएको छ
    कवि माधवप्रसाद घिमिरेको निधनप्रति हामीले दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै उहाँका सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    कवि माधवप्रसाद घिमिरेको नेपाली साहित्यमा विशिष्ट योगदान रहेको छ । उहाँले नेपाली कविताको विधालाई समृद्ध बनाउँदै काव्यकृतिको रचना गर्नुभएको थियो । उहाँ पहिलो पुस्ताका अग्रज साहित्यिक व्यक्तित्वहरू मध्येका एक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले साहित्यिक कर्मलाई आफ्नो जीवनको उद्देश्य नै बनाएर साहित्य क्षेत्रमा आफूलाई समर्पित गर्नु भएको थियो ।

    कवि घिमिरे एक आशावादी, उत्साही र राष्ट्रवादी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले जीवनलाई कर्मशील गतिको रूपमा व्यक्त गर्नुभएको छ । त्यसको परिणामस्वरूप उहाँले आफ्नो दीर्घ जीवनलाई श्रृजनशील बनाउन सफल बन्न पुग्नुभयो । त्यसरी उहाँले जीवनलाई सार्थक र औचित्यपूर्ण अर्थबाट परिभाषित गर्नुभयो । यो सम्पूर्ण मानवजातिका लागि धेरै प्रेरणदायक एवम् शिक्षाप्रद छ ।

    कवि माधवप्रसाद घिमिरे आफ्नो अनवरत साहित्य कर्मको परिणामस्वरूप राष्ट्रकविका रूपमा परिचित हुन पुग्नुभएको थियो । उहाँको त्यो परिचयप्रति नेपाली जनताको गम्भीर आस्था रहेको छ । उहाँ एक सम्मानित साहित्यिक स्रष्टा भएकोले नै उहाँको त्यो परिचयलाई नेपाली जनताबाट सम्मान प्राप्त भएको थियो । कवि घिमिरेको साहित्यमा राष्ट्रवाद, मानवता र वन्धुत्वको शक्तिशाली वेग छ ।

    राष्ट्रप्रतिको अगाध आस्था र जनताप्रतिको विश्वास कविले स्थापना गरेको राष्ट्रवादी मूल्य हो । उहाँले ऐतिहासिक सन्दर्भबाट राष्ट्रियताको शक्तिलाई साहित्यिक अभिव्यक्ति दिनुभएको थियो । राष्ट्रवाद एवम् सामाजिक सद्भावको मूल नै अखण्ड नेपाल हो भन्ने उहाँको साहित्यमा उद्वोधित भएका छन् । त्यसरी उहाँ आफ्नो युगको शक्तिशाली स्रष्टा हुनुहुन्थ्यो ।

    अहिलेको दुनियाँमा आफ्नो श्रृजना कर्मलाई भोगविलास, व्यक्तिगत सुखसयल वा सम्पत्ति जोड्ने उपाय वा व्यापार–व्यवसाय बनाउने प्रवृत्ति तीव्र बनेर गएको छ । मानवताको आवरणभित्र लुकेर मानवताकै हत्या गर्ने प्रवृत्ति हावी हुँदै गएका छन् । राष्ट्रियताको प्रसङ्ग उठाउँदा स्वतन्त्रता मास्ने, स्वतन्त्रताको प्रसङ्ग उठाउँदा राष्ट्रियताको झण्डा च्यात्ने अर्थात् आफ्ना श्रृजनाको कर्मलाई लिलाममा विक्री गरी स्वाभिमानको आस्थालाई चितामा चढाउने जस्ता प्रवृत्ति अहिलेको युगको विशेषता बनेर उदाउन थालेका छन् ।

    यसरी स्वाभिमान र आस्थाको विचलन भइरहेको यो विषम युगमा कवि घिमिरे जस्ता स्रष्टाले स्थापना गरेको मूल्यबाट साधारण जीवन र उच्च विचारको सदैव महिमा भइरहने कुराप्रति हामीलाई पूरा विश्वास छ ।

    बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.