• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सरकारको लापरवाही र गलत नीतिको परिणाम जुगलमा जनधनको ठुलो क्षति : राजमो


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा सरकारी लापरवाही र गलत नीतिका कारण पहिरोबाट ठुलो जनधनको क्षति भएको जनाएको छ ।

    Advertisement

    मंगलबार विज्ञप्ति प्रकाशित गरी राजमोले त्यहाँका जनताले वर्षा हुनुभन्दा पहिले नै सुरक्षाको माग गरेका भएपनि उनीहरुको मागप्रति सुनुवाइ नगरेर सरकारले गम्भीर लापरवाही गरेको ठहर गरेको छ ।

    राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा अन्य कैयौं वस्तीहरुसमेत जोखिमका कारण बस्न लायक नरहेका र सार्नुपर्ने अवस्थामा भएपनि सरकारले ध्यान नदिएको बताउनुभएको छ ।

    गत शुक्रबार लिदीमा गएको पहिरोका कारण पुरिएर २४ जनाको ज्यान गएको छ भने १५ जना अझै हराइरहेका छन् ।

    यस्तो छ वक्तव्यः
    ‘१. वर्षा र पहिरोका कारणले सिन्धुपाल्चोकको जुगल गाउँपालिका, लिदीमा पुगेको ठूलो क्षति, मानिसहरुको ठूलो संख्यामा मृत्यु र बेपत्ता भएका समाचाहरुप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षित भएको छ । हामीले त्यहाँ मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ । पहिरोमा परी घाइतेहरुको समोचित उपचार तथा पहिरोद्वारा पीडित जनतालाई उद्धार र राहतको व्यवस्था गर्नको लागि माग गर्दछौँ ।

    २. सामान्य रुपमा हेर्दा सिन्धुपाल्चोकमा व्यापक रुपले भएको पहिरो प्राकृतिक विपत्ति हो । तर त्यो भन्दा बढी त्यहाँ आएको प्राकृतिक विपत्ति मानवीय कमजोरी, सरकारका गलत र गैरजिम्मेवार नीतिहरुको परिणाम हो । त्यहाँका जनताले वर्षा हुनुभन्दा पहिले नै सुरक्षाको माग गरेका थिए । उनीहरुको मागप्रति कुनै सुनुवाइ नहुनु लापरवाहीको पराकाष्ठा हो । त्यसबाहेक अन्यत्रका गाउँहरु पनि स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । त्यस दिशामा कुनै ध्यान दिइएको छैन । त्यसकालागि हामीले सरकारको गम्भीर आलोचना गर्न चाहान्छौँ । त्यहाँ पहिरोको समस्याको नियन्त्रणको लागि सरकारसित प्रभावशाली प्रकारका तात्कालीन र दिर्घकालीन प्रकारका कदमहरु उठाउनका लागि जोरदार माग गर्दछौँ ।

    ३. २०७२ सालको भुकम्पपछि जोखिम स्थानहरुमा परेका बस्तीहरु स्थानान्तरण वाआवश्यक संरक्षणको लागि कैयौँ तिरबाट आवाज उठ्ने गरेको छ । सरकारी वा गैरसरकारी निकायहरुले भूगर्भीय अध्ययन गरेर विभिन्न जिल्लाका कैयौँ बस्तीहरु जोखिममा भएको र तिनीहरुको सुरक्षित स्थानहरुमा स्थानान्तर गर्नुपर्ने वा संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका थिए । तर सरकारले त्यसप्रति गम्भीर उपेक्षाको नीति अपनाउँदै आएको छ । त्यसले गर्दा नै पहिरोले कैयौँ बस्तीहरुलाई बगाएर लग्यो र ठूलो जनधनको क्षति भयो । त्यो अवस्थामा यो स्पष्ट छ कि त्यसप्रकारको क्षतिका लागि सरकारको उपेक्षा र गैरजिम्मेवार दृष्टिकोण नै जिम्मेवार छ ।

    ४. बाढीपहिरो एउटा गम्भीर समस्या हो । त्यसकालागि केही करोड रुपैयाँ बजेटमा छुट्याइएको छ । तर त्यसको पनि सदुपयोग भैरहेको छैन । अहिले बाढी पहिरोको समस्याको गम्भीरतामाथि ध्यान दिंदा त्यसको समाधानकालागि विस्तृत योजना बनाउनुपर्ने ,त्यसका लागि ठूलो बजेट छुट्याउनुपर्ने र त्यसबारे ठोस रुपले काम गर्नुपर्ने आवश्यकता छ । भूगर्भीय रुपले सर्वेक्षण गरेर आवश्यकताअनुसार स्थानान्तरण, पुनर्बास वा संरक्षणको लागि प्रभावशाली कदम उठाउनका लागि हामीले सरकारको गम्भीर ध्यानआकर्षित गर्न चाहान्छौँ । त्यसबारे सरकारमाथि व्यापक दवाव सिर्जना गर्न सबै न्यायप्रेमी जनता, राजनीतिकदल, संघ सस्थाहरु र व्यक्तित्वसित पनि अपिल गर्दछौँ ।

    ५. कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष वितिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन । यसले अपराधीको मनोबल झनै बढेको छ । अन्यत्र पनि बलात्कार र हत्याका घटना भइरहेका छन् । निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न, देशमा बलात्कार तथा हत्या हुन नदिन पूर्व सावधानीका उपायहरु अपनाउन र जनताको सुरक्षा गर्न माग गर्दछौं ।’

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.