• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु, निरीक्षण गर्न आदेश


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • पेसावर, पाकिस्तान, ३० असोज । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विद्यालयको छत खस्दा ३४ बालबालिका र एक शिक्षकको मृत्यु भएपछि सरकारले प्रान्तभरिका सबै निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश दिएको छ । मृतकका आफन्तले भवन कमजोर भएको र दुर्घटनाअघि नै विद्यालय सञ्चालकलाई सचेत गराएको बताएका छन् ।

    Advertisement

    प्रान्तीय सरकारले बिहीबार अल–खैर विद्यालयको छत खस्नुको कारणबारे अनुसन्धान थालेको छ । प्रहरीले विद्यालय सञ्चालक मोहम्मद खानलाई पक्राउ गरेको छ । पेसावरका प्रहरी प्रमुख सईद अहमदका अनुसार भवन संरचनात्मक रूपमा कमजोर थियो । सञ्चालकले हालैको वर्षाले छत कमजोर बनाएको बताएका थिए ।

    सरकारी आदेशअनुसार जिल्लास्तरीय समितिले तीन दिनभित्र विद्यालयका भवन निरीक्षण गरी प्रतिवेदन बुझाउनुपर्नेछ । निरीक्षणमा छत, पर्खाल, खम्बा, दलिन र जगलगायत संरचनाको अवस्था जाँच गरी भवन सुरक्षित, मर्मत गर्नुपर्ने वा असुरक्षित रहेको वर्गमा छुट्याइनेछ । आफ्नै स्वामित्वमा रहेका र भाडामा लिइएका दुवै प्रकारका भवन निरीक्षण गरिनेछ ।

    आपत्कालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार उद्धारकर्मी सूचना पाएको पाँच मिनेटभित्र घटनास्थल पुगेका थिए । भग्नावशेषबाट कम्तीमा ४० बालबालिकालाई जीवितै उद्धार गरिएको थियो । माटो र इँटाले बनेको छत खस्दा केही बालबालिकाको निसास्सिएर मृत्यु भएको उहाँले बताउनुभयो ।

    घाइते शिक्षिका महविश जमानले माथिल्लो तलाबाट ठूलो आवाज आएको केही क्षणमै छत खसेकाले विद्यार्थीलाई भाग्न चेतावनी दिनसमेत नभ्याएको बताउनुभयो । अस्पतालमा होस खुलेपछि आफ्ना धेरै विद्यार्थीको मृत्यु भएको थाहा पाएको उहाँले बताउनुभयो ।

    दुर्घटनामा दुई भतिजा गुमाउनुभएका मोहम्मद जमानले कक्षाकोठामा वर्षाको पानी चुहिने समस्याबारे विद्यालय सञ्चालकलाई पटकपटक जानकारी गराएको बताउनुभयो । उहाँका नौ वर्षीय भतिजा अब्दुल र १० वर्षीय अबुजरको मृत्यु भएको थियो । अबुजरकी बहिनी सामिया मिठाई किन्न बाहिर गएकाले जोगिएकी थिइन् ।

    त्यस्तै, जाकिर उल्लाले एउटै कक्षामा पढ्ने आफ्ना दुवै छोरा गुमाउनुभएको छ । उहाँकी छोरीले दुर्घटनाबारे घरमा खबर गरेपछि परिवार विद्यालय पुगेको थियो । त्यहाँ छोराहरूको कक्षाकोठा भग्नावशेषले पुरिएको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । भवन कमजोर हुँदाहुँदै विद्यालय सञ्चालन गर्न अनुमति दिने अधिकारीलाई समेत कारबाही गर्न उहाँले माग गर्नुभयो ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.