• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

दक्षिण कोरियाद्वारा उत्तरको शङ्का खारेज


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • सियोल, ३० असोज । दक्षिण कोरियाको सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले उठाएको शङ्का खारेज गर्दै अत्यधिक तापक्रम सहन सक्ने प्रविधि प्रयोग गरिएको जनाएको छ । दुई कोरियाबीच उच्च प्रविधियुक्त हतियार विकासको प्रतिस्पर्धा तीव्र भइरहेका बेला सियोलको यो भनाइ सार्वजनिक भएको हो ।

    Advertisement

    हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा उड्न र उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्छन् । यसले गर्दा यस्ता क्षेप्यास्त्रलाई पत्ता लगाउन र रोक्न कठिन हुन्छ ।

    उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरिएको मध्यम दूरीको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको केही दिनपछि दक्षिण कोरियाले पनि यसै महिनाको सुरुमा आफ्नै क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

    बिहीबार उत्तर कोरियाले दक्षिण कोरियाले सार्वजनिक गरेका तस्बिरले क्षेप्यास्त्र हाइपरसोनिक गतिमा उड्न असफल भएको सङ्केत गर्ने दाबी गरेको थियो । उत्तर कोरियाको क्षेप्यास्त्र प्रशासनका प्रमुख जाङ चाङ हाले क्षेप्यास्त्रको बाहिरी सतह सफा रहेको र अत्यधिक तापक्रमबाट उत्पन्न हुने कालो ध्वाँसो नदेखिएकाले त्यसको हाइपरसोनिक उडानमाथि विश्वास गर्न कठिन रहेको बताउनुभएको थियो ।

    दक्षिण कोरियाली सेनाले भने क्षेप्यास्त्रमा तापबाट जोगाउने देशमै उत्पादित तापप्रतिरोधी सामग्री प्रयोग गरिएको र त्यसको बलियो बनावटले अत्यधिक तापक्रममा समेत बाहिरी सतहमा कालो ध्वाँसो लाग्न नदिने जनाएको छ । सियोलले राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको यस प्रविधिलाई थप विकसित गर्ने योजना पनि बनाएको छ ।

    विश्लेषकहरूका अनुसार रुसको प्राविधिक सहयोगले उत्तर कोरियाको हाइपरसोनिक हतियार विकासमा सघाएको छ । युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गर्न उत्तर कोरियाले सैनिक पठाएपछि यस्तो सहयोग बढेको उनीहरूको भनाइ छ ।

    प्योङयाङले आफ्नो पछिल्लो एआई–सहयोगी क्षेप्यास्त्रले लहरजस्तो उडान मार्ग पछ्याएकाले दक्षिण कोरिया र जापानलाई त्यसको निगरानी गर्न कठिन हुने दाबी गरेको छ । तर, दक्षिण कोरिया र अमेरिकाले विद्यमान रक्षा प्रणालीबाट उत्तर कोरियाली क्षेप्यास्त्रलाई पत्ता लगाउन र रोक्न सकिने बताएका छन् ।

    विश्लेषकहरूका अनुसार दुवै कोरियाको हाइपरसोनिक हतियार विकास प्रतिस्पर्धाले कोरियाली प्रायद्वीपमा हतियारको दौड चर्काउनुका साथै अमेरिका र जापानको रक्षा व्यवस्थामा समेत प्रभाव पार्न सक्छ ।

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी
    फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु
    पाकिस्तानमा सैन्य कारबाही, छ आतङ्कवादी र दुई सैनिकको मृत्यु
    क्षेत्रीय सुरक्षा वार्ताका लागि तीन देशका अधिकारी तेहरान जाने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.