• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल विकास गरेका हल र उडफोर्डलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • स्टकहोम, २६ असोज । अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

    Advertisement

    मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ ।

    पुरस्कार समितिका अध्यक्ष जोन हस्लरले उहाँहरुको अनुसन्धानले ऊर्जा सङ्कट वा घरपरिवारको उपभोगमा आउने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्काको सामना गर्न नीतिनिर्मातालाई थप सक्षम बनाएको बताउनुभयो ।

    सन् १९७० को दशकमा देखिएको तेल सङ्कटका क्रममा मन्दी तथा अन्य आर्थिक उतारचढावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडेल प्रभावकारी हुन नसकेको देखिएको थियो । त्यसपछि हल र उडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पु¥याउनु भएको थियो ।

    एकेडेमीका अनुसार, उहाँहरूले मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता समष्टिगत आर्थिक सूचकबीचको तथ्याङ्कीय सम्बन्धमा मात्र निर्भर नभई सूक्ष्म आर्थिक आधारमा मोडेल निर्माण गर्ने दृष्टिकोण अपनाए । यस दृष्टिकोणले व्यक्तिगत घरपरिवार र व्यवसायले गर्ने निर्णय तथा तिनको समग्र प्रभावले अर्थतन्त्रमा कसरी परिवर्तन ल्याउँछ भन्ने बुझ्न सहयोग पु¥याउँछ ।

    अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडिश वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १८९५ को इच्छापत्रमा उल्लेख गरिएका पाँच मूल पुरस्कारमध्ये पर्दैन । नोबेलको सन् १८९६ मा निधन भएको थियो । स्वीडिश केन्द्रीय बैंकको सहयोगमा सन् १९६८ मा स्थापना गरिएको यस पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानतर्फको स्वेरिजेस रिक्सबैंक पुरस्कार’ भनिन्छ ।

    यसको स्थापना नोबेलको मूल इच्छापत्रमा नभएकाले केही आलोचकले यसलाई ‘नक्कली नोबेल’ भन्ने गरेका छन् । यद्यपि, यसको विजेता छनोट रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले नै गर्छ र छनोट प्रक्रिया अन्य नोबेल पुरस्कारको प्रक्रियासँग मिल्दोजुल्दो छ ।

    गत वर्ष प्रविधिले आर्थिक वृद्धिलाई कसरी अघि बढाउँछ भन्ने विषयमा अनुसन्धान गरेका अमेरिकी–इजरायली अर्थशास्त्री जोएल मोकिर, फ्रान्सेली अर्थशास्त्री फिलिप एगियोन र क्यानडाका पिटर हाउइटलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

    अन्य नोबेल पुरस्कारसरह अर्थशास्त्रतर्फको पुरस्कारमा पनि प्रमाणपत्र, स्वर्ण पदक र नगद पुरस्कार समावेश हुन्छ । पुरस्कार विजेताले डिसेम्बर १० मा आयोजना हुने औपचारिक समारोहमा पुरस्कार ग्रहण गर्नेछन् । डिसेम्बर १० अल्फ्रेड नोबेलको निधन भएको दिनको वार्षिकी हो ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.