• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

ऊर्जा सङ्कट र ऋणको दबाबमा विश्व अर्थतन्त्र


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • बैङ्कक, २६ असोज । अमेरिका–इरान युद्धबाट बढेको ऊर्जा सङ्कट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकका लागि बैङ्ककमा भेला हुँदैछन् ।

    Advertisement

    सोमबारदेखि शनिबारसम्म चल्ने बैठकमा बढ्दो मुद्रास्फीति, जलवायु सङ्कट र आर्थिक दबाबबीच सरकारी खर्च नियन्त्रण तथा प्रभावित नागरिकलाई सहयोग गर्ने चुनौतीबारे छलफल हुनेछ । आइएमएफले वित्तीय सञ्चिति बढाउन खर्च नियन्त्रण गर्न आग्रह गरे पनि आलोचकहरूले विकासशील देशलाई थप वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् ।

    आइएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाका अनुसार विश्व अर्थतन्त्र एकातिर ऊर्जा आपूर्तिमा आएको धक्का र अर्कातिर एआईका कारण बढेको मागको दोहोरो दबाबमा छ । इरान युद्धका कारण तेल तथा ग्यास आपूर्ति प्रभावित हुँदा आयातित ऊर्जामा निर्भर विकासशील देश बढी मारमा परेका छन् ।

    बोस्टन विश्वविद्यालयका विकास नीति केन्द्रका निर्देशक केभिन पी. गलाघेरले युद्ध, बढ्दो ब्याजदर र एल निनोबाट तीव्र बनेको जलवायु सङ्कटले गरिब देशलाई समस्यामा पारेको बताउनुभयो । उहाँले ती देशलाई तत्कालीन आर्थिक सहायता र दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । युएनडीपीले पनि ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धिले लाखौँ मानिसलाई पुनः गरिबीमा धकेल्न सक्ने चेतावनी दिएको छ ।

    विकसित देशमा ऊर्जा मूल्यवृद्धिले मुद्रास्फीति बढाएपछि केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन् । अर्कातिर, एआईमा बढ्दो लगानीले सेयर बजार र आर्थिक वृद्धिलाई टेवा दिएको छ । आइएमएफले एआईमा हुने लगानी रेलमार्ग, विद्युत् तथा दूरसञ्चार सञ्जाल निर्माणमा हुने लगानीभन्दा बढी हुन सक्ने जनाएको छ । तर, यसको आपूर्ति शृङ्खलाबाहिर रहेका विकासशील देशले आर्थिक लाभ लिन नसक्ने चिन्ता छ ।

    यस साता जी–२० का अर्थमन्त्रीहरूको बैठकसहित अन्य छलफल पनि हुनेछन् । सरकारी ऋणपत्रको बढ्दो प्रतिफल प्रमुख कार्यसूचीमा रहने बैठकमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट भने घरेलु व्यस्तताका कारण सहभागी नहुने अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.