• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव


  •   सोमबार, असोज २६, २०८३ मा प्रकाशित
  • तेहरान/रियाद,२६ असोज। इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ।

    Advertisement

    इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आइतबार साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो। इरानको सरकारी समाचार संस्था इरनाका अनुसार वार्ताका क्रममा दुवै पक्षले पश्चिम एसियाको पछिल्लो घटनाक्रमबारे छलफल गरेका थिए।

    विदेशमन्त्री अराघचीले क्षेत्रमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सैन्य उपायलाई प्राथमिकता दिने र राजनीतिक समाधानका सम्भावनालाई बेवास्ता गर्ने प्रवृत्तिले परिस्थितिलाई थप जटिल बनाउने बताउनुभएको थियो।

    उहाँले पश्चिम एसियामा देखिएका संकटहरूको समाधान सैन्य माध्यमबाट सम्भव नहुने उल्लेख गर्दै राजनीतिक संवाद र कूटनीतिक पहलमा जोड दिनुभएको थियो। साउदी अरब र यमनबीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने उहाँको भनाइ थियो।

    इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोहीबीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्।

    यी आक्रमणमा विमानस्थल र ऊर्जा पूर्वाधारसमेत निशानामा परेको बताइएको छ। द्वन्द्व यमनको सीमाभन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ।

    साउदी अधिकारीहरूका अनुसार शनिबार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलमा हुथीहरूको आक्रमण हुँदा १२ जनाको मृत्यु भएको थियो भने ३०९ जना घाइते भएका थिए। उक्त घटनापछि क्षेत्रीय तनाव थप बढेको छ।

    साउदी अरब र हुथी विद्रोहीबीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्त्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ।

    यद्यपि, प्रस्तावित संवाद कहिले र कुन प्रक्रियामार्फत अघि बढ्ने भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन। द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित पक्षहरूबीच सहमति, पारस्परिक प्रतिबद्धता र निरन्तर कूटनीतिक प्रयास आवश्यक हुने देखिन्छ।

    सोमबार, असोज २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.