• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ३. हार्दिक शुभकामना

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ७. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ८. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • ९. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • १०. फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • गण्डकी, १३ असोज ।  बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उहाँ समयमा अस्पताल पुग्न सक्नुभएन ।

    Advertisement

    बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि आज बिहान सदरमुकामसम्म आउनुभएकी बुढाथोकीलाई पवर्त हुँदै पोखरा आइपुग्न अर्को सास्ती व्यहोर्नुपर्‍यो । बागलुङ बजारबाट झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट हिँडेपछि मात्र उहाँले पोखराका लागि गाडी भेटाउनुभयो । बागलुङ र पर्वतको सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रुहरू कठिनाइ सहँदै वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् ।

    मालढुङ्गाको पुलसँगै पर्वतको कुश्मा नगरपालिका-२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, पोखरा हुँदै बाहिरी गन्तव्यमा जाने यातायात सेवा प्रभावित बनेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट लोकमार्ग हुँदै काठमाडौँका लागि छुट्ने यातायातका साधन पनि सञ्चालनमा आउन सकेका छैनन् ।

    मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेका छन् । बिरामी लिएर पोखरा आउनुभएका बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाका प्रेम श्रीसले मालढुङ्गाको पुल छिटो पुनर्निर्माण गर्नुपर्ने बताउनुभयो ।

    “बागलुङ जोड्ने मुख्य सडक र पुलमा क्षति पुगेकाले आवातजावत र ढुवानीमा ठूलो समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जतिसक्दो चाँडो लोकमार्ग सञ्चालनमा ल्याउनुपर्छ ।”

    धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले वैकल्पिक सडक प्रयोग गरेर मुश्किलले साना सवारीसाधन मात्र सञ्चालन भइरहेको बताउनुभयो । “बस सञ्चालन गर्न सक्ने अवस्था छैन, सबैभन्दा समस्या बिरामीलाई परेको छ”, उहाँले भन्नुभयो, “आज बिहानमात्रै बागलुङबाट बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो ।” उहाँले लोकमार्गमा क्षति पुगेका सडक-पुलको पुनर्निर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।

    बागलुङबाट पोखरालगायत गन्तव्यमा छुट्ने साना सवारीसाधन कालीगण्डकी करिडोर भएर ज्यामिरेघाट-फलेवास हुँदै झण्डै एक घण्टाको फेरो बाटोबाट लोकमार्गमा निस्कने गरेका छन् । बागलुङ-पोखरा चल्ने विद्युतीय माइक्रोबसले बागलुङ बजारबाट हिँडेर पर्वतको पाङसम्म आइपुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा ल्याउन वैकल्पिक सडक प्रयोग गरिरहेको माइक्रोका चालक सुवास परियारले बताउनुभयो ।

    “मालढुङ्गाको पुल नै भत्केपछि ठूलो समस्या भएको छ, यो पुल छिटो बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने जरुरी छ”, उहाँले भन्नुभयो, “चाडपर्वको बेला छ, यो बेला हामीले पनि धेरै यात्रुलाई सेवा दिने समय हो, तर सडक अवरुद्ध हुँदा समस्या भइरहेको छ ।” कालीगण्डकी करिडोरबाट फलेबास हुँदै आउने सडक पनि वर्षाले क्षति पुर्याएका कारण यात्रा सहज नरहेको उहाँको भनाइ छ ।

    पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नयाँपुलमा सडक कटान गरेको ठाउँमा अस्थायी रूपमा नयाँ मार्ग खोल्ने काम सुरु भइसकेको बताउनुभयो । एकदुई दिनमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । मालढुङ्गाको पुलमा क्षतिग्रस्त भएको ठाउँमा ‘बेलीब्रिज’ राख्ने कि अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषय एकिन भइनसकेको प्रजिअ क्षेत्रीले बताउनुभयो ।

    “सम्बन्धित क्षेत्रका इन्जिनियर र प्राविधिकहरूबाट पुलको अध्ययन तथा अवलोकन भइसकेको छ, यथाशक्य छिटो पुल सञ्चालनमा ल्याउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध गरेको थियो ।

    कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आए पनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही समय लाग्ने देखिएको छ । नेपालको उत्तरीनाका चीनको कोरलासँग जोडिएको मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक पनि सञ्चालनमा आउन सकेको छैन ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
    अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण
    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार
    शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला
    जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा
    चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    भर्खरै

    • १.
      छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

    • २.
      अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

    • ३.
      मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, स्वास्थ्य क्षेत्रका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार

    • ४.
      शैक्षिक संस्थाको विवादले विद्यार्थी स्वतः भ्रष्टाचारी नठहरिने सर्वोच्चको फैसला

    • ५.
      जलवायु संकटप्रति सरकार गम्भीर बनोस् : राष्ट्रिय जनमोर्चा

    • ६.
      चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका बन्द, बजारमा महँगी बढ्ने चिन्ता

    • ७.
      घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

    • ८.
      झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.