• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

पाल्पा पहिरोः पाँच जनाको मृत्यु

नारायणीको जलसतह हालसम्मकै उच्च

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा


  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
  • राँझा (बाँके), १० असोज । बाँकेमा दुइदिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।

    Advertisement

    राप्ती नदीले राप्ती सोनारीको २ नं वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका बासिन्दालाई वर्षेनी जोखिम राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादवले बताउनुभयो ।

    “अविरल वर्षासँगै राप्ती नदीमा बाढी आइरहेको छ,बाढी रोकथामको लागि स्थायी तटबन्ध नभएका कारण राप्ती नदीको जोखिम बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षाद्को समयमा राम्ररी निदाउन सकिएको छैन ।”

    उहाँका अनुसार, ठूलो बाढी आउँदा राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन वस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लोतटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ ।

    तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा जोखिम मडारिएको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो ।

    “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले केही वर्षअघि भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीब्र पारेको छ”, यादवले भन्नुभयो, “नदी नियन्त्रण गर्ने स्थायी तटबन्ध नभएका कारण ठूलो बाढी आउनासाथ नदी बस्तीमा पस्ने खतरा बढेको छ ।”

    राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्र र वडा नं ३ को बैजापुरका विभिन्न टोलमा डुबान र कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मिनकुमार चौधरीले बताउनुभयो ।

    “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ,” वडाध्यक्ष थारुले भन्नुभयो, “अहिले मौसमी सूचनाअनुसार भएको वर्षाद्सँगै नदीमा पानीको सतह बढ्दै गएको छ, यसबाट सुरक्षित रहन नागरिकलाई सचेत बनाउने काम गरिरहेका छौँ ।”

    राप्ती नदीमा ठूलो बाढी आउँदा मानव बस्तीसमेत जोगाउन कठिन हुने भएकोले गाउँवस्तीमा सजक हुन सूचित गर्दै आएको वडाध्यक्ष थारुले बताउनुभयो ।

    राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले अविरल वर्षाको कारण हुनसक्ने बाढीजन्य विपद सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो ।

    भारी वर्षा पछि हुन सक्ने बाढी र डुबान व्यवस्थापनलाई मध्यनजर गरेर राप्ती सोनारीमा हाल करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार, राप्ती सोनारी गाउँपालिकामा अहिले पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा भवन निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका पाँच आश्रयस्थलमा करिव दुई हजार जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ । भारी वर्षालाई मध्यनजर गर्दै ती आश्रयस्थललाई तयारी अवस्थामा राखिएको छ ।

    शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द
    महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित
    पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
    दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द

    • २.
      महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

    • ३.
      पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

    • ४.
      दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

    • ५.
      लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    • ६.
      पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    • ७.
      नारायणीको जलसतह हालसम्मकै उच्च

    • ८.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.