• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • भ्याटिकन सिटी, ९ असोज । पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै हुनुहुन्छ । धर्मनिरपेक्षताको कडा नीति अपनाएको फ्रान्समा क्याथोलिक चर्चको प्रभाव घटिरहेका बेला उहाँले प्रत्येक मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    लियोले चार दिनको भ्रमणका क्रममा पेरिस, क्याथोलिक तीर्थस्थल लड्र्स र उत्तरपूर्वी सहर मेत्जको भ्रमण गर्नुहुनेछ । युद्धका समयमा शान्तिको आवश्यकता तथा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले मानव हुनुको अर्थबारे उठाएका प्रश्नमा पनि उहाँले ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।

    शुक्रबार बिहान लियोको चार्टर विमान पेरिसको ओर्ली विमानस्थलमा अवतरण गर्नेछ । उहाँलाई स्वागत गर्न फ्रान्सभर चर्चका घण्टी बजाइने र १० लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । १८ वर्षपछि पोपबाट हुन लागेको यो पहिलो फ्रान्स भ्रमण हो ।

    लियोले विमानस्थलमा स्वागतपछि राष्ट्रपति इमानुएल म्याक्रोनसँग एलिसी प्यालेसमा भेट गर्नुहुनेछ । त्यसपछि उहाँले युनेस्को मुख्यालयमा सम्बोधन गर्ने, हालै पुनः सञ्चालनमा आएको नोट्रे–डाम क्याथेड्रलमा साँझको प्रार्थनामा सहभागी हुने तथा पेरिसको रङ्गशालामा युवाहरूको विशाल धार्मिक सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    – म्याक्रोनका लागि महत्त्वपूर्ण भ्रमण –

    म्याक्रोनको कार्यकालको अन्तिम चरणमा पोपको स्वागतलाई फ्रान्सेली राजनीतिक वृत्तमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । पोप फ्रान्सिसले आफ्नो १२ वर्षे कार्यकालमा फ्रान्सको औपचारिक राजकीय भ्रमण गर्नुभएको थिएन् ।

    पेरिसस्थित ईपीएचई विश्वविद्यालयका क्याथोलिक अध्ययनका निर्देशक चाल्र्स मर्सियरका अनुसार पोपसँगको भेटले म्याक्रोनलाई उहाँको लोकप्रियताको केही लाभ लिन सक्ने अवसर दिन सक्छ । म्याक्रोनको कार्यालयले भने भेटमा युरोपेली तथा अन्तरराष्ट्रिय मामिलाका साथै जलवायु परिवर्तन र एआईजस्ता विश्वव्यापी चुनौतीबारे छलफल हुने जनाएको छ । जीवनको अन्त्यतिरको हेरचाह र बालबालिकाको सुरक्षाका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।

    – धर्मनिरपेक्ष फ्रान्समा चर्चको सन्देश –

    लियो युरोपको क्रिश्चियन विरासत तथा मानव जीवनको मूल्य र मर्यादाबारे चर्चको सन्देश अघि बढाउन इच्छुक देखिनुहुन्छ । फ्रान्सले सन् २०२४ मा गर्भपतनको अधिकारलाई संविधानमै सुनिश्चित गरेको थियो । त्यस्तै, सांसदहरूले निको नहुने रोगबाट पीडित वयस्कलाई चिकित्सकीय सहयोगमा जीवन अन्त्य गर्न अनुमति दिने विधेयकलाई अन्तिम स्वीकृति दिएका छन् ।

    क्याथोलिक चर्चले गर्भधारणदेखि प्राकृतिक मृत्युसम्म मानव जीवनको संरक्षण गर्नुपर्ने मान्यता राख्दै यस्ता कानूनी कदमको विरोध गर्दै आएको छ । तर फ्रान्समा बढ्दो धर्मनिरपेक्षता र पादरीबाट भएका यौन दुव्र्यवहारका घटनाका कारण चर्चको प्रभाव र विश्वसनीयता कमजोर भएको छ ।

    फ्रान्सको धर्मनिरपेक्षताको मोडल ‘लाइसिते’ ले धार्मिक विश्वास वा अविश्वासको स्वतन्त्रता सुनिश्चित गर्छ र राज्यलाई सबै धर्मप्रति तटस्थ रहन बाध्य पार्छ । यसको मुख्य आधार सन् १९०५ को कानून हो, जसले राज्य र क्याथोलिक चर्चबीचको सम्बन्ध अलग गरेको थियो ।

    लियोले गर्भपतन वा जीवनको अन्त्यसम्बन्धी कानूनका विषयमा फ्रान्सेली जनतालाई आलोचना गर्ने अपेक्षा गरिएको छैन । बरु, भ्याटिकन न्युजका सम्पादकीय निर्देशक आन्द्रेआ टोर्निलीका अनुसार उहाँले ‘आजको समयमा मानव हुनुको अर्थ’ बारे गम्भीर चिन्तन गर्न आह्वान गर्नुुहुनेछ ।

    – ओलम्पिक शैलीको सुरक्षा व्यवस्था –

    पोपको भ्रमणलाई ध्यानमा राख्दै पेरिसमा ओलम्पिकस्तरको सुरक्षा व्यवस्था गरिएको छ । प्रहरीका अनुसार घोडसवार प्रहरी, बम निष्क्रिय पार्ने विशेषज्ञ, ड्रोनविरोधी प्रणाली र आतङ्कवादविरोधी सुरक्षा उपाय परिचालन गरिनेछन् ।

    शुक्रबार पेरिसमा मात्रै करिब १४ हजार प्रहरी, जेन्डार्म र सैनिक तथा दुई हजार पाँच सय अग्निनियन्त्रक परिचालन गर्ने योजना छ । शनिबार प्लास डे ला कन्कोर्डमा हुने विशेष धार्मिक सभाका क्रममा पनि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

    पेरिस प्रहरीले सन् २०२४ को ओलम्पिक तथा प्याराओलम्पिक खेलकुदमा अपनाइएको जस्तै बहुस्तरीय सुरक्षा घेरा बनाइने जनाएको छ ।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु
    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम
    खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप
    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • २.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ३.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ४.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ५.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    • ६.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • ७.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ८.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.