• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घ, ८ असोज । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले इजरायलले आफू सत्तामा आएयता सिरियामा ५०० भन्दा बढी हवाई तथा तोप आक्रमण र करिब एक हजार २०० स्थल कारबाही गरेको दाबी गर्नुभयो । ती कारबाहीका क्रममा करिब ३०० जनालाई हिरासतमा लिइएको उहाँले बताउनुभयो ।

    अल–साराले सन् १९६७ को युद्धमा इजरायलले सिरियाबाट कब्जा गरेको तथा सन् १९८१ मा विलय घोषणा गरेको गोलान हाइट्समाथिको इजरायली नियन्त्रणको विरोध गर्नुभयो । “गोलान सिरियाको भूमि नै रहनेछ”, उहाँले भन्नुभयो ।

    सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलान हाइट्समाथि इजरायलको सार्वभौमिकतालाई मान्यता दिनुभएको थियो । तर संयुक्त राष्ट्रसङ्घ र अधिकांश अन्तर्राष्ट्रिय समुदायले गोलानलाई सिरियाली भूभाग मान्दै इजरायलको विलयलाई मान्यता दिएका छैनन् ।

    अल–साराले इजरायललाई सन् १९७४ को सम्झौताअनुसार कायम गरिएको असैन्यीकृत क्षेत्रसम्बन्धी व्यवस्था पालना गर्न आग्रह गर्दै इजरायली सेनालाई सन् २०२४ डिसेम्बर ८ को अवस्थाको सीमारेखातर्फ फर्किन आग्रह गर्नुभयो । इजरायलले दक्षिणी सिरियामा सेना पठाउनुको कारण सम्भावित आक्रमण रोक्नु रहेको बताउँदै आएको छ ।

    यसैबीच, अल–साराले मङ्गलबार अट्लान्टिक काउन्सिलको कार्यक्रममा ट्रम्पको गोलानसम्बन्धी नीतिमाथि व्यङ्ग्य गर्दै गोलान हाइट्सको सट्टा इजरायललाई न्यु जर्सी दिने प्रस्ताव किन नगरेको भनेर आफूले ट्रम्पलाई सोधेको बताउनुभएको थियो ।

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.