• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

"सम्पादकीय "

  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • खनिज पदार्थ कुनै पनि देशका लागि वरदान हुन्छ । खनिज पर्दाथकै कारणले सम्बन्धित देश समृद्ध बनेका हुन्छन् । हुन त कम खनिज पदार्थ भएका देशले पनि समृद्धि हासिल गरेका छन् । फेरि पनि खनिज पदार्थ भएका देशका लागि आर्थिक समृद्धि हासिल गर्न तुलनात्मक रूपमा अनुकूलता हुन्छ । त्यसो त कुनै न कुनै खनिज पदार्थ प्रत्येक देशमा रहेकै हुन्छन् । त्यसका विपरीत कतिपय देश यस्ता पनि छन्, जसले खनिज पदार्थ भएकै कारण राष्ट्रिय स्वाधीनताको युद्ध लड्न विवश छन् । अफ्रिकी मुलुक खनिज पदार्थकै कारण एक वा अर्को प्रकारले साम्राज्यवादी चलखेलको क्रिडास्थल बनिरहेको छ । त्यही अवस्था खाडी मुलुकको छ । त्यहाँ पेट्रोलियम पदार्थकै कारण अमेरिकी सैन्य क्याम्प छ । यही कारण यतिखेर खाडी मुलुक इरानी प्रत्याक्रमणको निसाना बनेको छ । पेट्रोलियम पदार्थ भएकै कारण साम्राज्यवादी चपेटामा परेको पछिल्लो देश भियतनाम हो । त्यहाँको तेलभण्डारमाथि कब्जा जमाउन अमेरिकाले कथित लागुपदार्थ ओसारपसारको आरोप लगाएर राष्ट्रपति मदुरोलाई भियतनामबाटै गिरफ्‌तार गरेर अमेरिकामै मुद्दा चलाइरहेको छ । भर्खरै भियतनामसित अमेरिककाले यस्तो सम्झौता गरेको छ, जसअनुसार त्यहाँको ५५ प्रतिशत तेलमाथि अमेरिकाको कब्जा रहनेछ । यो सम्झौताबाट थप स्पष्ट भएको छ, भियतनामसित अमेरिकी अन्तरविरोधको केन्द्रविन्दुमा तेलभण्डारमाथि कब्जा गर्नु नै हो ।

    Advertisement

    हाम्रो देशमा पनि थुप्रै खनिज पदार्थ छन् । त्यसमध्ये पछिल्लो समय चर्चामा रहेका खनिज युरोनियम हो । अहिलेसम्मका विभिन्न अध्ययनले मुस्ताङमा ठुलो परिमाणमा युरेनियम रहेको देखाएको छ । भनिरहनुपर्ने विषय होइन, युरोनियम अत्यन्तै बहुमूल्य र बहुपयोगी खनिज पदार्थ हो । इरानमाथि अमेरिकी आक्रमणको एउटा उद्देश्य त्यहाँको युरेनियम पदार्थमाथिको कब्जा जमाउनु हो । अहिले नेपालमा युरेनियम पदार्थ फेला परेपछि त्यसको सदुपयोगभन्दा दुरुपयोग हुने आशङ्का बढेको छ । पछिल्लो सुशीला कार्की सरकाले सैद्धान्तिक रूपले युरोनियम उत्खनन्‌का लागि अमेरिका र अस्ट्रेलियासित सहमती गरेको सञ्चारमाध्यमले जनाएका छन् । यो समाचारको बालेन्द्र शाह सरकारले अहिलेसम्म खण्डन गरिसकेको छैन । हामीकहाँ खानी तथा भूगर्भ विभागका विभिन्न परियोजनामा अमेरिकी संलग्नता सुरुदेखि नै छ । त्यसै आधारमा सरकारले युरेनियम उत्खनन् कार्यमा अमेरिकालाई संलग्न गराउने सम्भावना बढेको छ । हाम्रो देशको आन्तरिक क्षमताले युरेनियम उत्खनन् गर्न नसक्ने स्थिति एकातिर छ भने अर्कोतिर जुन स्थानमा अहिले युरेनियमको खानी रहेको भनिएको छ, त्यसको पूर्व, उत्तर र दक्षिणतर्फ चीन छ भने दक्षिणतर्फ नेपाल छ । यसरी सो स्थान सामरिक प्रकारले पनि महङ्खवपूर्ण रहेको देखिन्छ । त्यसकारण मुस्ताङको युरेनियम उत्खनन् गम्भीर र संवेदनशील विषय बन्न जान्छ । यस्तो गम्भीरता वा संवेदनशीलतालाई बेवास्ता गरेर मुस्ताङमा युरेनियम उत्खनन् गरिन्छ भने त्यसले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि खलल पुग्ने निश्चित छ ।

    युरेनियम अत्यन्त बहुमूल्य खनिज पदार्थ भएको तथा अर्कोतर्फ त्यसको उत्खनन् तत्काल हाम्रो सामर्थ्यभित्र नरहेकाले यस विषयलाई नेपालले गम्भीर रूपमा लिनुपर्दछ । यसप्रतिको हल्का रवैयाले गम्भीर दुष्परिणाम ल्याउने निश्चित छ । त्यसैले तत्कालका लागि त्यहाँको युरेनियम उत्खनन् कार्य बन्द गरिरनुुपर्दछ । त्यसमा कुनै पनि विदेशी शक्तिको संलग्नतालाई रोक लगाइनुपर्दछ । अझै अमेरिकाजस्ता देशलाई यसमा सामेल गर्नु अत्यन्तै आपत्तिजनक हुन्छ । यसरी जानाजान देशलाई साम्राज्यवादी दुश्चक्रमा पार्ने कार्य गरिनुहुँदैन । यस मामिलामा नेपाल सरकार गम्भीर बन्नुपर्दछ । राष्ट्रिय सार्वभौमिकतालाई सरकारले हेलचेक्राइँ गर्नुहुँदैन । यस सम्बन्धमा गरिने कुनै पनि गल्तीले राष्ट्रिय सार्वभौमिकता खतरामा पर्नेछ । फलस्वरूप हामी खाडी मुलुक, अफ्रिका वा भियतनामको नियतिमा पुग्नेछौँ । त्यसै पनि एमसिसीसँगै नेपालको राष्ट्रिय सार्वभौमिकता खतरामा परेकै छ । यो खतरालाई थप गम्भीर बनाउनुहुँदैन ।

    युगदर्शन साप्ताहिक वर्ष १८, अंक ३, २०८३ असौज ७ गते प्रकाशित

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.