• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • ‘युगदर्शन’को अनलाइन यात्रा आठौँ वर्षमा प्रवेश गरेको छ। यस यात्राका क्रममा हामीले कैयौँ अनुभव हासिल गरेका छौँ। प्रारम्भमा अनेकौँ संशय र सन्देहका बीचबाट हामीले आफ्नो यात्रा सुरु गरेका थियौँ। “हिँड्न नसकिने” भ्रमलाई चिर्दै यात्रा सुरु गर्ने गौरवपूर्ण निर्णय भयो। यस निर्णयलाई कार्यान्वयन गर्न तत्कालीन सम्पादक विद्यानाथ अधिकारी र सम्पूर्ण युगदर्शन परिवारले देखाएको इमानदारी र दृढ अठोट हाम्रो मानसपटलमा सधैँ जीवित छ।

    Advertisement

    आठौँ वर्ष प्रवेशको अवसरमा हामी पुनः प्रतिबद्धता व्यक्त गर्दछौँ—हाम्रो आगामी यात्रालाई अझ वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त बनाउन हामी निरन्तर प्रयासरत रहनेछौँ।

    हामी स्पष्ट गर्न चाहन्छौँ, यस यात्राको प्रमुख उद्देश्य विद्यमान विसङ्गतिपूर्ण समाजलाई बदल्न भइरहेका प्रयासहरूलाई जीवन्त बनाइरहनु हो। तिनका बारेमा सत्य बयान प्रस्तुत गर्दै मानवजातिका विभिन्न पुस्तामा सही दर्शन र विचारधाराको समझदारी निर्माण गर्नु नै हाम्रो उद्देश्य हो। पत्रिकाले आफैँ सामाजिक परिवर्तनको योजना बनाउँदैन; तर जसले ती योजना बनाउँछन्, उनीहरू र उनीहरूका योजनाबारे युगौँयुगसम्म बयान प्रस्तुत गरिरहने ऐतिहासिक साक्ष्यका रूपमा हामी सर्वदा उपस्थित रहँदै आएका छौँ र रहनेछौँ।

    हामी थप स्पष्ट गर्न चाहन्छौँ—हाम्रो यो यात्रा मानवजातिको हितमा मात्र केन्द्रित छ। मानवजातिको समृद्धि, उन्नति, समानता र न्यायको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनु हाम्रो अनिवार्य कर्तव्य हो। हामी गर्वका साथ भन्छौँ, हाम्रो कटिबद्धताको नैतिक धरातल जनतामा समानता र न्यायको चेतना जागृत गराउन सही सिद्धान्त, दर्शन र विचारको सन्देश पुर्‍याउनु हो।

    हामी दृढतापूर्वक भन्छौँ, यस यात्रामा अनावश्यक आर्थिक लाभ लिने प्रवृत्ति र परम्परालाई हामीले सधैँ दुत्कार्नेछौँ। वैचारिक एकता र प्रतिबद्धतामा सामूहिक रूपले बाँधिएका हजारौँ मानिसहरूको पसिनाका प्रत्येक बुँदाबाट निर्माण भएको यस मार्गमा हामी आफ्नो कर्तव्यलाई अक्षरशः पालना गर्दै आएका छौँ र गरिरहनेछौँ।

    फेरि दोहोर्‍याउन चाहन्छौँ—हामी आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहँदै आएका छौँ र रहिरहनेछौँ। जनताका सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूका पक्षमा हाम्रो पैरवी अटुट छ र रहिरहनेछ। बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा तथा अग्रगामी राजनीतिक विकासका लागि हामी निरन्तर अभियानबद्ध छौँ र रहिरहनेछौँ।

    राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, सामाजिक सद्भाव र अग्रगामी सामाजिक विकासप्रति हामी दृढ छौँ र रहिरहनेछौँ। भ्रष्टाचार र कुशासनविरुद्ध हामी दृढतापूर्वक खडा छौँ र रहिरहनेछौँ। साम्राज्यवादविरुद्ध हामी दृढतापूर्वक उभिएका छौँ र उभिइरहनेछौँ। जनताका जनजीविकासँग जोडिएका विषयहरू हामीले उठाउँदै आएका छौँ र उठाइरहनेछौँ। मानवजातिको हितार्थ दर्शन, विचार र सिद्धान्तका मूल्यहरूलाई हामीले उजागर गर्दै आएका छौँ र गरिरहनेछौँ। पर्यावरणीय अपराधहरूका विरुद्ध उभिएका सबै सङ्घर्षहरूप्रति हाम्रो ऐक्यबद्धता छ र रहिरहनेछ।

    निश्चय नै, हामीले रोजेको बाटो कठिन छ, किनभने विसङ्गतिपूर्ण समाजभित्र हामी सम्झौताहीन यात्रा गरिरहेका छौँ। हामी विश्वासका साथ घोषणा गर्दछौँ—कठिनभन्दा कठिन यात्रा हिँड्नुपरे पनि विसङ्गतिपूर्ण समाजसँग हाम्रो सम्झौता हुने छैन। विसङ्गतिपूर्ण समाजलाई बदल्न अग्रसर पाइलाहरूलाई टेवा दिने कर्तव्य हामी निरन्तर पालना गरिरहनेछौँ।

    युगदर्शनको यो यात्रा केवल आठौँ वर्षमा प्रवेश गरेको यात्रा मात्र होइन; यो सत्य, न्याय, समानता, स्वतन्त्रता र सामाजिक रूपान्तरणका पक्षमा निरन्तर अघि बढिरहेको प्रतिबद्धताको यात्रा हो।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.