• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युगदर्शन कहिल्यै थाक्ने छैन


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • आनन्द शर्मा

    Advertisement

    युगदर्शन डटकम सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको छ ।

    यतिखेर देशको राष्ट्रियता, कमजोर बनिरहेको छ । विदेशी शक्तिराष्ट्रको हस्तक्षेप बढ्दै गइरहेको छ । हाम्रो देशको दुईतिर अवस्थित छिमेकी राष्ट्रहरू मिल्दा र झगडा गर्दा पनि देशलाई अप्ठ्यारो पर्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ । दर्जनौँ ठाउँमा भारतद्वारा सिमाना मिचिएको छ । नेपाली भूमि कालापानीमा भारतीय सेना परेड खेलिरहेको छ । साम्राज्यवादी युद्ध र त्यसको आवश्यकताले कमजोर राष्ट्रहरूको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेर गएको छ । विश्वव्यवस्था र शक्तिराष्ट्रमा व्यापक परिवर्तन भइरहेको छ । यी सबै कारणले हाम्रो देशको राष्ट्रियता अन्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

    नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्षद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि खोस्नका लागि देशभित्रका प्रतिगामी शक्ति र विदेशी प्रतिक्रियावादी शक्तिले निरन्तर प्रयत्न गर्दै आइरहेका छन् । गणतन्त्र नेपालका शासकको कुशासन, भ्रष्ट र अकर्मण्य चरित्रका कारण जनतामा निराशा र असन्तुष्टि बढेर गएको छ । जसरी तत्कालीन समयमा जर्मनका जनतामा व्याप्त निराशा र असन्तुष्टिलाई पपुलिस्ट नारा दिएर हिटलर तानाशाहको उदय भएको थियो, त्यसैगरी नेपाली जनताको निराशा र असन्तुष्टिलाई उपयोग गरेर पपुलिस्ट नाराका सहारामा कुनै पनि साम्राज्यवादी शक्तिको एजेन्ट वा कुनै तानाशाही व्यवस्थाको खतरा पनि बढेर गएको छ ।

    मजदुर, किसान, महिला, जनजाति, पिछडिएको क्षेत्रमा बसोबास गर्ने नागरिकको अवस्था झन् झन् दयनीय अवस्थाबाट गुज्रिरहेको छ । राज्यव्यवस्था सञ्चालनमा बिचौलिया र माफियाको पकड बढ्दै गइरहेको छ भने निमुखा जनताको पहुँचबाट न्याय, समानता र स्वतन्त्रता बाहिरी विषय बन्दै गइरहेको छ । यस्तो अवस्थामा ’युगदर्शन’ ले निरन्तर राष्ट्रियता र गणतन्त्रको रक्षा तथा भ्रष्ट र कुशासनका विरुद्ध र आम निमुखा जनताको आवाज बन्ने प्रयास गर्दै आइरहेको छ ।

    आठौँ वर्षप्रवेशको अवसरमा युगदर्शन डटकमको निरन्तरताका लागि अहोरात्र खट्नुहुने सम्पादक, संवाददाता, लेखक, विज्ञापनदाता र खासगरी पाठक वर्ग सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छौँ । ’युगदर्शन’ जस्तोसुकै कठिनतम यात्रामा पनि कहिल्यै थाक्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौँ र साथै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौँ ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.