• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता


  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
  • नारायण ढुंगाना काठमाडौं ।
    मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु-याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

    Advertisement

    नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिनुभयो ।

    उक्त अवधिमा पहिरामा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए । बाढीमा परेर चारको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् ।

    यस पटक प्रिमनसुनमै बढी वर्षा भएको थियो । त्यसपछि मनसुनको शुरुआती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिराका घटना बढी भए । विपद्मैत्री विकास हुन नसक्नु अर्को कारण रह्यो भने भूकम्पलगायत कारणले पनि बढी पहिरो खसेको छ । एकै स्थानमा बढी वर्षा हुँदा भेलपहिराको जोखिम हुन्छ ।

    यस पालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपरेको छ ।

    गत असार २५ मा आएको भारी वर्षापछि आएको बाढी र भेल पहिराले बाह्रबीसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए । त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका –२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् ।

    दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भयो । भारी वर्षा हुँदा धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरामा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् । मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाइ छ ।

    मनसुन शुरु भएको दिन जेठ ३१ गते पर्वतको दुर्लुङबाट विपद्को घटना शुरु भएको थियो । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको छ ।

    वैशाखयता २६६ को मृत्यु
    गएको वैशाखयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी पहिराबाट मानवीय क्षति भएको छ । त्यसपछि चट्याङबाट बढी मानवीय क्षति भयो । उक्त अवधिमा मनसुनजन्य विपद्बाट २६६ को मृत्यु, ७८ बेपत्ता र ३३० जना घाइते भएका छन् ।
    उक्त अवधिमा पहिरामा मात्रै २०८ जनाले ज्यान गुमाए, ६६ जना बेपत्ता छन् । बाढीबाट सातको मृत्यु र १२ बेपत्ता छन् । चट्याङबाट ५१ को मृत्यु र १६५ घाइते छन् ।

    अगष्टभरि बाढीपहिराको जोखिम
    जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर रहे पनि हल्कादेखि मध्यम वर्षा हुने भएकाले अगष्ट महिनाभरि नै जोखिम कायमै रहेको जनाएको छ । सेप्टेम्बर लागेपछि भने विस्तारै कम हुँदै जाने जनाइएको छ ।

    यसपाली सेप्टेम्बर २३ मा मनसुन सकिन्छ । त्यस बेलासम्म कुनै न कुनै जोखिम रहने तर अगष्टपछि विस्तारै कम हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज मुलुकभर नै मौसम बदली छ ।

    उहाँका अनुसार आज पश्चिम नेपालका कास्की, जुम्ला र सुर्खेतका केही भेगमा पानी परिरहेको छ । ‘मुलुकभर नै मौसम बदली छ, सातै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ, राति र भोलि पनि त्यो क्रम जारी हुन्छ’, मौसमविद् कँडेलले भन्नुभयो, ‘लगातारको झरी नपरे पनि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाले नै बाढी, पहिरोको जोखिम हुन्छ ।

    उहाँका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेको छ तर बङ्गालको खाडीमा एउटा न्यूनचापीय क्षेत्र बनेकाले त्यहाँबाट जल वाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कँडेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार रातिदेखि भने अहिलेभन्दा वर्षा केही बढ्ने छ । लगातारको झरी भने हुने छैन ।(रासस)

    आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.