• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

महोत्तरी बढ्दैछ कोदोखेती


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • महोत्तरी । महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाकोे खेती पछिल्लो केही वर्षयता भने बढ्दै गएको छ । पछिल्लो वर्षमा गुणकारी कोदोको विशेषताबारे बढी चर्चा हुन थालेपछि यहाँ किसानले कोदोखेती बढाउँदै लगेको पाइएको छ ।

    Advertisement

    आर्थिक वर्ष २०७८/७९ मा ३०० हेक्टरमा गरिएको कोदोखेती दुई वर्षपछि आव २०८१/८२ मा ३७५ हेक्टरमा लगाइएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क अभिलेखमा उल्लेख छ ।

    यसैगरी, आव २०८२/८३ मा यो केही बढेर ३८२ हेक्टरमा खेती लगाइएको कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ । यसपाली चालु आव २०८३/८४ मा यो खेती ५०० हेक्टरको सेरोफेरोमा पुग्ने अनुमान छ ।

    पछिल्ला वर्षमा क्षेत्रफल मात्र नभएर कोदोको उत्पादन पनि बढ्दै गएको पाइएको छ । आव २०७८/७९ मा ३३० मेट्रिकटन उत्पादन भएको कोदो दुई वर्षपछि आव २०८१/८२ मा ४१२ मेट्रिकटन उत्पादन भएको थियो । गत आव २०८२/०८३ मा ४२० मेट्रिकटन उत्पादन भएको कृषि विज्ञसमेत रहनुभएका महतोले बताउनुभयो । यसपाली कोदोको उत्पादन ६५० मेट्रिकटनको सेरोफेरोमा हुने कार्यालयको ठम्याइ छ ।

    महोत्तरीमा कोदो बर्खा र हिउँद दुई मौसममा लगाउने चलन छ । दुबै मौसममा उत्पादन उस्तै अनुपातमा भए पनि हिउँदमा बाली टिप्न र थन्क्याउन सहज हुने किसानको अनुभव छ । विसं २०४० को दशकमा बुबाले १० कट्ठा क्षेत्रफलमा कोदो लगाउने गर्नुभएको भङ्गाहा–४ का किसान गङ्गाराम महतोलाई राम्रै हेक्का छ । तर त्यतिखेर कोदोले राम्रो भाउ नपाएपछि विस्तारै यो खेती घट्दै गएको उहाँ बताउनुहुन्छ ।

    पछिल्ला वर्षमा कोदोको विशेषताबारे राम्रो प्रचार हुन थालेपछि फेरि किसानले कोदोखेती बढाउँदै लगेका किसान महतोको भनाइ छ ।

    “अहिले त अरु अन्नभन्दा कोदोले राम्रो दाम पाउन थालेको छ, कोदो चाहिले व्यक्तिले घरै आएर लाने गर्छन्”, उहाँ भन्नुहुन्छ, “म आफैँ सुगर (मधुमेह) को बिरामी छु, नियमित कोदोको रोटी खानामा प्रयोग गर्छु ।”

    आफैँले प्रयोग गर्ने र बेच्दा पनि राम्रो भाउ पाएपछि पछिल्ला चार/पाँच वर्षयता खेती बढाउँदै लगेको उहाँले बताउनुभयो । कोदोको ढिँडो अचेल भान्सामा विशेष परिकार बनेको छ । अहिले कोदोको पीठोबाट बिस्कुट र स्वादिष्ट हलुवा पनि बनाइने गरिएको छ । यद्यपि मधेसमा भने कोदो रोटीकै रुपमा खाने गरिँदै आएको छ ।

    जिल्लामा विसं २०४० अघिसम्म करिब दुई हजार हेक्टरभन्दा बढी जग्गामा कोदोखेती हुने गरेको तत्कालीन कृषि विकास कार्यालयका अधिकृत वाणिकराज काफ्लेलाई राम्रो हेक्का छ । खासगरी सिँचाइको पहुँच नपुगेका पाखाबारीमा मुख्यबालीकै रुपमा कोदो र मकै लगाउने चलन रहेको काफ्ले सम्झनुहुन्छ ।

    “कोदो एकपटक खाएपछि धेरैबेरसम्म टिक्न सकिने हुँदा गरिबको खान्की बुझिन्थ्यो, सम्पन्न किसान यसको खेती गर्दैनथे”, विगत सम्झँदै काफ्ले भन्नुहुन्छ, “पछिपछि विभिन्न रोगले गाँज्नेक्रम बढेसँगै कोदोको प्रचार बढ्यो, अहिले त सम्पन्न भनिनेहरु खेती नगरे पनि झोला बोकेर कोदो किन्न बजार पुग्छन् ।”

    खासगरी मधुमेहका रोगीले कोदो रुचाउन थालेपछि कोदोको महत्त्व, मूल्य र खेती पनि बढ्दै गएको छ । कोदोमा शरीरलाई स्वस्थ्य रहन चाहिने कार्बोहाइड्रेट, फाइबर (आहारजन्य रेसा), प्रोटिन, क्याल्सियम र म्याग्नेसियम, फसफोरस, फलाम तथा पोटासियमसहितका खनिज प्रशस्त पाइने हुँदा माग बढेको बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रितेश घिमिरे बताउनुहुन्छ ।

    उहाँले खासगरी फाइबर र खनिज कोदोमा प्रशस्त पाइने हुँदा पाचन प्रणाली तन्दुरुस्त राख्न खानामा कोदोको प्रयोग निकै राम्रो हुने बताउनुभयो ।
    ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै
    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल
    उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता
    ओमानमाथि नेपालको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.