तौलिहवा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चाको तेस्रो वडाभेला सम्पन्न भएको छ ।
जिल्ला समितिका सचिव केरसिंह अदेको प्रमुख आतिथ्यमा रामदेव कुर्मीलाई अध्यक्षमा चयन गर्दै २०८३ भदौ २३ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कुर्मीकै अध्यक्षतामा सम्पन्न सो भेलाले सल्लाहकारसहित २५ सदस्यीय राजमोको ३ नम्बर वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रामप्रसाद कामी, सचिवमा बिनिता अदै, कोषाध्यक्षमा रामबहादुर विक तथा सदस्यमा श्यामलाल थारू, देवबहादुर खत्री, फारक अहमद, कनैयालाल मुरौ, धनीकला पुन, कल्पना नेपाली, मोहन विक, अनिता लोनिया, विमला गौतम, लीलबहादुर कुँवर, रमेश भर, कमल अहमद, दुजबहादुर विक, रहिस कुजदा र झकबहादुर विक रहनुभएको ।
भेलाले सल्लाहकारमा चेतनारायण खनाल, नन्दराज भण्डारी, श्यामप्रकाश खनाल, नोखे थारू, चिन्का अहिर र छन्दबहादुर केसीलाई चयन गरेको छ ।
भेलामा मन्तव्य राख्दै प्रमुख अतिथि अदैले सही र गलत राजनीति छुट्याउने गरी राजनीतिक चेतनाको विकास हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा जातीय समता समाज कपिलवस्तुका सचिव रामबहादुर चमार, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य रूपलाल घर्ती, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, अखिल नेपाल महिला सङ्घ शिवराज नगर समितिकी अध्यक्ष तारा घर्ती, राजमो शिवराज–१ वडा समितिका अध्यक्ष शिवप्रसाद थारू, राजमो मैनारका अध्यक्ष श्यामलाल थारू र राजमो मधवाका अध्यक्ष रामप्रसाद कामीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित समितिलाई राजमो शिवराज नगर समितिका सचिव श्यामप्रकाश खनालले बधाई दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन मोहन विकले तथा स्वागत बिनिता अदैले गर्नुभएको थियो ।

