धादिङ । पृथ्वी राजमार्गको धादिङको गजुरी–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।
Advertisement
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो।
क्षतिग्रस्त सडकको मर्मत कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनद्वारा जारी सूचनाअनुसार मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स र शववाहन) बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

