• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • खोटाङ । नेवार समुदायको प्रमुख चाड लाखेजात्रा सुरु भएको ठीक १० दिनपछि भदौ–१० गते भोटेकोशीमा भीषण बाढी गयो । छिमेकी देश चीनतर्फबाट अकस्मात भोटेकोशीमा आएको भीषण बाढीले ठूलोमात्रामा जनधनको क्षति गरेको छ ।

    Advertisement

    रसुवा, धादिङ तथा नुवाकोटलाई सबैभन्दा बढी प्रभावित क्षेत्र बनाएको भोटेकोशी बाढीका कारण अहिले देश रोइरहेको छ । नेवार समुदायको घनाबस्ती रहेको जिल्लाका विभिन्न ठाउँहरूमा हरेक वर्ष लाखेजात्रा मनाउने प्रचलन छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसरमा दर्शकलाई मनोरञ्जन दिलाउन लाखे नाचसहित विभिन्न झाँकीसमेत प्रदर्शन गरिन्छ ।

    लाखेजात्राको अवसरमा मनाइने गाईजात्राको दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना गर्दै चीरशान्तिको कामनासहित पूजाआजा गर्ने प्रचलन छ । यही प्रचलन अन्तर्गत शनिबार दिक्तेल बजारमा दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाचसँगै सापारु ९दिवङ्गत भएका व्यक्तिको तस्वीरसहितको खट’ परिक्रमा गराएर पूजाआजा गरिएको थियो ।

    विधिवत रूपमा बजार परिक्रमा गराइएका सापारुमा आफन्तजनले पूजाआजा गर्नुका साथै मृतकको जीवनी समेटिएको रामायण वाचन गर्ने चलनले जात्रामा सहभागी धेरैको ध्यान केन्द्रित गरेको थियो । बाजागाजासहित लयबद्ध तरिकाले वाचन गरिएको दिवङ्गत आफन्तको जीवनी सुन्दा धेरैको आँखा रसाएको थियो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मनाइएको गाईजात्रामा यस वर्ष छ जना मृतक आफन्तको सापारु परिक्रमा गराइएको थियो । देशमा ठूलोमात्रामा जनधनको क्षति हुनेगरी आएको भीषण बाढीका कारण यस वर्षको प्रमुख चाड लाखेजात्रालाई औपचारिकता मात्रै पूरा गरिएको नेवा: देय् दबूका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

    दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुने गरेको छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरूको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।

    जामा, चोली, चमर, मखुण्डो र घङला पहिरिएर लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने प्रचलन गरेको जनाइएको छ । मखुण्डोधारी लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन दिलाउने गर्दछ ।

    नागपञ्चमीदेखि कृष्णजन्माष्टमीसम्म मनाइने लाखेजात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दु:खसुखका कुराहरू आदानप्रदानसमेत गर्ने गर्छन् ।

    लाखेजात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने प्रचलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइ लगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् ।

    अध्ययन, जागिर तथा विभिन्न पेशारव्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्यहरू पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेको छन् । लाखेजात्राले सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी सद्भाव तथा भातृत्व कायम गर्ने नेवार अगुवाहरूले बताएका छन् ।

    देशमा आइपरेको महाविपत्तिका कारण भाद्र कृष्ण षष्ठीको अवसर पारेर यही भदौ–१७ गते दिक्तेल बजारमा आयोजना गरिएको लाखे प्रदर्शन कार्यक्रम स्थगित गरिएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभएको छ । “भोटेकोशी बाढीका कारण देश रोइरहेको छ । यही बेला हाम्रो प्रमुख चाड लाखेजात्रा पर्‍यो । यो बाढीमा नेवार समुदायका मात्रै एक हजार ५०० भन्दा बढी आफन्त बेपत्ता भएका छन् भन्ने हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “यो दु:खद् अवस्थामा सबै मृतात्माप्रति चिर शान्तिको कामना गरेका छौँ । बेपत्ताको खोजी तथा विस्थापितको पुन: स्थापनाका लागि सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछौँ ।”

    लाखेजात्रा दिक्तेल बजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडालगायत नेवार समुदायको घनाबस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको थियो । भीषण बाढीका कारण यस वर्ष दिक्तेल बजारसँगै सबै ठाउँमा औपचारिकता मात्रै पूरा गरिएको आयोजकहरूले बताएका छन् ।

    दश स्थानीय तह रहेको जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिलेजात्रा, रोपाइँजात्रा, कृष्णजन्माष्टमीको जात्रालगायत विभिन्न जात्राहरू मनाउने चलन रहिआएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन कृष्णजात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली आदि भूत–पिचास, नागको भय नहुने जनविश्वास छ ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.