काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएपछि ढुवानी लागत बढेको भन्दै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाइएको छ। नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा थप गरेका हुन्।
Advertisement
अब उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ। वैकल्पिक मार्गबाट तराईका ग्यास उद्योगमा रिफिल गरी उपत्यकामा ल्याउनुपर्दा ढुवानी खर्च बढेकाले मूल्य समायोजन गरिएको उद्योगीहरूले बताएका छन्। उनीहरूका अनुसार ग्यासको खरिद मूल्य नभई ढुवानी लागत बढेका कारण उपभोक्ता मूल्य वृद्धि गरिएको हो।

