• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन्


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • महोत्तरी, १८ भदौ । बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उहाँ मोबाइलमा आँखा डुलाइ रहनुहुन्छ । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् ।

    Advertisement

    अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत् छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ ।  “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एकछिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्नुहुन्छ, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।”

    यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्नुहुन्छ, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ ।  त्यो दिन बिहान ९ः०० बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन ।” सौभाग्यको खोजीमा बुबा धु्रव बिष्ट र मावलीघरका आफन्त यतिबेला रसुवा पुग्नुभएको सरिताले बताउनुभयो ।

    “एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,” उहाँ भन्नुहुन्छ, “सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एक छिन मोबाइल छाडेकी छैन ।” सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इञ्जिनियर रहेका छोरा सौभाग्यकै आर्जनको भरमा चलेको थियो ।

    यसैगरी, बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि अहिले घरको चुल्हो नबलेको एक साता नाघ्यो ।

    अपर त्रिशुली–१ जलविद्युत् आयोजनामै कार्यरत् छोरी जोया रानासँग भदौ १० बिहान ९ः०० बजेयता सम्पर्क हुन नसकेपछि यो परिवारमा सन्नाटा छाएको छ । “सन्तानका नाउँमा तीनवटी छोरी छन्, अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,” पिता खिलबहादुर राना भन्नुहुन्छ, “जो माथि जिन्दगी सुम्पन्न खोज्थे, उही सम्पर्कविहीन भएकी छ । आफैँले हेलिकप्टर भाडामा लिएर कैयन फेरा रसुवा र नवुाकोटका त्रिशूली किनामा चक्कर लगाए पनि छोरीको अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुर बलिन्द्र आँसु काढ्दै बताउनुहुन्छ ।

    यसैगरी, मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उहाँको एक वचनको पर्खाइमा छन् । “भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,” पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्नुहुन्छ, “त्यसपछि उहाँसँग सम्पर्क भएको छैन ।”

    आमा र चार छोराछोरी निरन्तर उहाँलाई सम्झिरहेका बेला आपूm आँसु झार्न पनि नसकेको गुञ्जाको बिलौना छ । काठमाडौस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काममा रहनुभएका मण्डल यही भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा जानुभएको थियो । परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन हुनुभएपछि निकै छट्पटी बढेको छ ।

    यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ः०० बजेपछि सम्पर्कविहीन हुनुहुन्छ । केही दिन पहिलेमात्र रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक यही भदौ ९ गते आमा मुलिमा खातुनलाइ फोन गर्नुभएको थियो ।

    केही दिनभित्रै एक साताको बिदामा घर आउने बताउनुभएको पिता माजिद अन्सारी सम्झनुहुन्छ । “दिनदिनै घरमा फोन गथ्र्यो, भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,” पिता माजिद भन्नुहुन्छ, “यही भदौ १० यता घरमा चुल्हो बलेको छैन, आफन्त जो आउँछन् घरमा सबै आँखा टिलपिलाएका छन् ।” कसैले हशनबारे राम्रो समाचार सुनाउला कि पर्खाइ मात्रै बाँकी रहेको माजिद बताउनुहुन्छ ।

    भोटेकोशी बाढीयता रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तवरले पारिवारिक सम्पर्कमा पठाइसकेको छ । त्यसबाहेक सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना पारिवारिक सम्पर्कमा आइसक्नु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । “अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रजिअ यादवले भन्नुभयो, “विश्वास गराँै, सबै सकुशल भेटिनुहोस् ।”

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.